arrow

स्वास्थ्य मन्त्रालयको अर्को बोल्ड निर्णय, नमुना परीक्षणका लागि विदेश पठाउन रोक

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
ministry-of-health.jpeg
काठमाडौं । परीक्षणका नाममा जथाभाबी रगत वा दिशापिसाब, खकार तथा शरीरका बिभिन्न भागको नमूना विदेश पठाउन नपाइने भएको छ ।
 
मनपरी रूपमा रगतलगायतका नमुना विदेश पठाउँदा व्यक्तिको जीनसँग सम्बन्धित अणुवंशिक सम्पत्तिको दुरूपयोगसँगै नेपालमै हुने परीक्षण बाहिर लगेर गर्दा ठूलो रकम बाहिरिएको भन्दै स्वास्थ्य मन्त्रालयले रोक लगाएको हो ।
 
रोग पहिचानमा महत्वपूर्ण मानिने प्रयोगशाला व्यवस्थित गर्ने कुनै नियम नभएकाले स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट हालै जारी निर्देशिकाले नमुना परीक्षणका लागि विदेश पठाउन कडाइ, शुल्क निर्धारण र  प्रयोगशाला न्यूनतम मापदण्डसहित वर्गिकरण गर्ने व्यवस्था गरेको हो ।
 
प्रयोगशालाको रिपोर्ट फरक पर्दा उपचारमा ठूलो जोखिम र अन्यौल बढेको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ