arrow

विश्वलाई उत्तर कोरियाको अर्को चुनौती, समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
north-missile.jpeg
काठमाडौं । उत्तर कोरियाले समुद्रबाट समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाको पूर्वीय तट सिन्पोबाट जापानको समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । 
 
दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार यो परीक्षण ६० किलोमिटरको दूरीमा गरिएको हो । 
 
चिनियाँ राष्ट्रपति सी जिङपिङ अमेरिका भ्रमणका लागि गएकै बेला उत्तर कोरियाले विवादास्पद मिसाइल परीक्षण गरेको हो । दुवैबीच परमाणु परीक्षणबारे ठोस निष्कर्ष निस्कने अनुमान पनि गरिएको छ । ट्रम्पले यसअघि नै सीलाई चीनले समस्या समाधान गर्न नसके अमेरिका एक्लै उत्तरको समस्या समाधान गर्ने बताएका थिए । 
 
उत्तर कोरियामाथि राष्ट्रसंघले जुनसुकै किसिमका आणविक परिक्षणमा प्रतिवन्ध लगाए पनि उत्तर कोरियाले भने सुनेको नसुन्यै गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ