arrow

सरकार अझै पनि मधेसी मोर्चा फकाउनमै व्यस्त, फेरि आयो यस्तो नयाँ प्रस्ताव

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
govt-morcha.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव राखेका छन् । 
 
प्रधानमन्त्री दाहालले बुधबार मधेसी मोर्चाका दोस्रो तहका नेताहरूसँगको छलफलमा सरकार र मोर्चाको संयुक्त कार्यदलले यसअघि तयार पारेको पाँच बुँदे प्रस्तावलाई संसदमा लैजाने बताएका हुन् ।
 
उनले पाँचबुँदे  प्रस्ताव संसदमा लैजानुअघि संविधान संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पनि राखेका छन् ।
 
यता मोर्चाका नेताले पाँच बुँदे प्रस्ताव पास नहुने स्थितिमा संसदमा लैजानुको कुनै अर्थ नभएको बताएका छन् ।
 
प्रधानमन्त्रीले मोर्चाले सहमति जनाए सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक फिर्ता लिई पाँच बुँदे प्रस्ताव दर्ता गर्ने आश्वासन दिएको मोर्चाका नेताले बताएका छन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ