arrow

धन्य सरकार ! देशभर जम्मा १० हजार बेरोजगार पो देखायो

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
काठमाडौं । हरेक दिन अनुमानित १ हजार ५ सय युवा कामको खोजीका लागि विदेसिने नेपालमा देशभर जम्मा १० हजार जनामात्रै बेरोजगार रहेको सरकारी तथ्यांकले देखाएको छ ।
 
श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । 
 
यो तथ्यांक आर्थिक वर्ष ०७३–७४ को ८ महिना अर्थात फागुन मसान्तसम्मको तथ्यांकमा आधारित छ ।
 
विभागले आफू मातहतका विभिन्न रोजगार सूचना केन्द्रबाट संस्थागत रूपमा बेरोजगारको लगत संकलन गर्दै आएको छ ।
 
जसअनुसार फागुन महिनामा मात्रै २ हजार ५ सय ५६ जना बेरोजगारको तथ्याङ्क संकलन भएको छ ।
 
माघमा १ हजार पाँच सय २३ जनाले आफू बेरोजगार रहेको भन्दै लगत बुझाएका थिए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ