arrow

आइजीपी नियुक्ति प्रकरण : काँग्रेस र देउवाका नाममा कारण देखाउ आदेश जारी

अवहेलना पुष्टी भए एक वर्ष कैद

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौं । सर्वोच्च अदालतले नेपाली काँग्रेस र सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
 
अदालतको अवहेलना मुद्दाको सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । खतिवडाको इजलासले १० दिनभित्र लिखित जवाफसहित अदालतमा पस्थित हुन समेत भनेको छ ।
 
सरकारले गरेको प्रहरी महानिरीक्षक नियुक्तिको निर्णय बदर गर्ने अदालतको निर्णयलाई लिएर काँग्रेस केन्द्रीय समितिले गरेको टिप्पणी र सभापति शेरवहादुर देउवाको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हरि मैनालीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
 
प्रधानन्याधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय खारेज बदर गर्दै गएको चैत ८ गते चार आर्थिक वर्षको कार्यमूल्यांकनको आधारमा उपयुक्त व्यक्तिलाई प्रहरी प्रमुख बनाउन भनि सरकारका नाममा परमादेश दिएको थियो ।
 
काँग्रेस केन्द्रीय समिति बैठकले सर्वोच्चको आदेशलाई सरकारको कार्यकारी अधिकारमाथिको हस्तक्षेप भनि टिप्पणी गरेको थियो । यस्तै, सभापति देउवाले सार्वजनिक रुपमै अदालतको निर्णय कार्यपालिका माथिको हस्तक्षेप भनेका थिए । अदालतको अवहेलना पुष्टी भएका अण्डमा १ वर्षसम्म कैद, १ लाख रुपैयाँसम्म नरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ