arrow

निधिकै कार्यकक्षबाट निस्केका मन्त्री गुरुङले भने–राजीनामा दिनेसम्मको कुरा भएको छैन

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
nidhi_news_aaja1.jpg

काठमाडौँ । उपप्रधान मन्त्रीहरुबीचको वरीयता विवादका कारण मन्त्रिपरिषद् बैठक बस्न नसकिरहेकै बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि राजीनामा दिने मनस्थितिमा पुगेका बताइँदैछ ।

यद्यपि, निधिकै कार्यकक्षमा विहिबार साँझ बसेको काँग्रेस मन्त्रीहरुको बैठकमा उपस्थित श्रममन्त्री सूर्यमान गुरुङले राजीनामा दिने सम्मको कुरा नभएको बताएका छन् ।

बैठकबाट बाहिरिँदै उनले भने, ‘वरियताको विषय हाम्रो चासोको विषय हो । यद्यपि, हामीले छलफलमा राजीनाको विषयमा कुरा गरेका छैनौँ । वरियताकै विषयलाई लिएर क्याविनेट नबसेपछि सरकारलाई दबाब दिने कि भन्ने सम्मको कुरा उठ्नु स्वभाविकै हो । पार्टीको आन्तरिक विषयको कुरा पनि भयो ।’ सरकारमा रहेर आफुहरुले गरेका कामबारे पनि हामीले समीक्षा गरेका छौँ ।

मन्त्री गुरुङले क्याविनेट बस्न नसकेपछि काँग्रेस मन्त्रीहरुको छलफल भएको बताए । बिहीबार बोलाइएको मन्त्रि परिषद् बैठक पनि बस्न सकेत । मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि प्रहरी प्रमुख नियुक्ति लगायतका महत्वपूर्ण कामहरु अड्किएका छन् ।  उपप्रधान मन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरियता विवादले यसअघि पनि सरकारका केही महत्वपूर्ण कामहरु हुन सकेका थिएनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले वरियता विवादकै कारण कार्यवाहक प्रधानमन्त्रीको जिम्मा कसैलाई नदिई चीन भ्रमण गरे । वरियताका विवादका कारण सरकारलाई परेका अप्ठ्याराहरु अब उप प्रधानमन्त्री निधिले फुकाउने मनसाय बनाएको बहस भइसकेको छ ।

निधि सरकारबाटै बाहिरिने तयारीमा रहेका बताइँदैछ । यद्यपि, शुक्रबार मात्रै निधि युइर्एको भ्रमणमा निस्किँदै छन् । यसअघि कांग्रेसको नेतृत्व गर्दै सरकारमा गएका निधि भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री दाहाले कमल थापालाई उपप्रधानमन्त्री बनाएर सरकारमा भित्र्याएका थिए ।

थापालाई आफुभन्दा माथि राख्न खोजेको भन्दै निधिले यसअघि नै असन्तुष्टी जनाएका थिए । निधिले राजीनामा गर्ने भन्ने विषयले विहिबार सुरक्षा निकायहरु सतर्क भएका बताइँदैछ । राजीनामाको विषयले नेपाली सेना समेत सतर्क भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ