arrow

अमेरिका सिरियामा सैन्य कारवाही नै गर्ने तयारीसहित अगाडि बढ्दै  

logo
प्रकाशित २०७३ चैत २५ शुक्रबार
tellersen-usa.JPG

ह्वाइटहाउस । अमेरिका सिरियाली शासकविरुद्ध सैन्य कार्वाहीमै लाग्ने भएको छ । सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारणविरुद्ध ज्यादति गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रामक बनेका हुन् । 

राष्ट्रपति ट्रम्पको भित्रि उद्धेश्य के हो भनी स्पष्ट नभए पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सैन्य आक्रमणप्रति संकेत गरेका छन् ।

उनले  आगामी दिनमा सिरियामा अब असदको कुनै भूमिका नहुने कडा प्रतिक्रियासमेत जनाएका छन् । 

टिलरसनले गत मंगलबार सिरियामा गरिएको रासायनिक आक्रमण गम्भीर भएको र यसको जवाफ त्यही अनुसार नै दिनुपर्ने प्रष्ट गरे ।

उक्त रासायनिक आक्रमणमा २७ बालबालिकासहित थुप्रै सर्वसाधारण मारिएको बीबीसीले उल्लेख गरेको छ । 

सिरियाले भने अमेरिकाको आरोपलाई खण्डन गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ