arrow

अमेरिकाले सिरियामा कारवाही थाल्यो, ५९ क्रुज मिसाइल आक्रमण

logo
प्रकाशित २०७३ चैत २५ शुक्रबार
US-attack.jpg

पेन्टागन । अमेरिकाले सिरियामा मिसाइल आक्रमण गरेको छ । सिरियाली शासकविरुद्ध क्रुद्ध हुने क्रममा अमेरिकाले ५९ टोमाहक क्रुज मिसाइलले आक्रमण गरेको जनाएको छ । यो आक्रमण नेपाली समय अनुसार बिहान ७ः२५ मा भएको बीबीसीले उल्लेख गरेको छ ।

सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारणविरुद्ध ज्यादति गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रामक बनेका हुन् । 
न्यायका लागि आक्रमण गरिएको ट्रम्पले जनाएका छन् । 

अमेरिकाले गत मंगलबार सिरियामा गरिएको रासायनिक आक्रमण गम्भीर भएको र यसको जवाफ त्यही अनुसार नै दिनुपर्ने प्रष्ट पारेको थियो ।

उक्त रासायनिक आक्रमणमा २७ बालबालिकासहित थुप्रै सर्वसाधारण मारिएको बीबीसीले उल्लेख गरेको छ । 

सिरियाले भने अमेरिकाको आरोपलाई खण्डन गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ