arrow

निर्वाचन लक्षित सुरक्षा गोष्ठि विराटनगरमा सम्पन्न

logo
कुमाेद अधिकारी,
प्रकाशित २०७३ चैत २५ शुक्रबार
Election_local_2074.jpeg

विराटनगर । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन लक्षितगर्दै एक दिने क्षेत्रीय सुरक्षा गोष्ठि शुक्रबार विराटनगरमा सम्पन्न भएको छ ।

गोष्ठिमा निर्वाचन गराउन आवश्यक जनशक्ति, प्रविधि तथा सुरक्षा संवेदनशीलता र चाल्नुपर्ने कदमका विषयमा छलफल भएको छ ।

गोष्ठिको उद्घाटन गर्दै गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचन निष्पच्छ एंव भयरहित वातवरणमा सम्पन्न गराउन सरकारले सुरक्षाको अवस्था हेरेर रणनीति तयार पारेको बताए ।

उनले निर्वाचन शान्तिपूर्ण र एकै चरणमा गराउनका लागि सुरक्षा योजना तयार पारिएको बताउदै निर्वाद रुपले निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोगनगर्न सबैलाई आग्रह गरे  ।

‘निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउनु सरकारको दायित्व हो,’ मन्त्री बानियाँले भने, ‘सुरक्षा चुनौतिको विषयमा सरकारले पहिचान गरिसकेको छ, सोही अनुसार रणनीति तय गरिएको छ ।’

सोही कार्यक्रममा बोल्दै गृह सचिव लोकदर्शन रेग्मीले संघीय शासन प्रणालीको लाभ पहिलो पटक जनताले लिने भएकाले त्यही अनुसार अगाडि बढ्न सुरक्षा प्रमुखहरुलाई आग्रह गरे ।

उनले यस्तै लामो समयदेखिको स्थानीय निकायको जनप्रतिनिधिबिहिनताको अवस्था पनि अबको निर्वाचनले अन्त्य गर्ने, अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश जाने भएकोले सरकारले निर्वाचन सफल बनाउन आवश्यक रणनीति बनाएको जानकारी दिए ।

उनले यो निर्वाचन सम्पन्न गराउनु सबैको ऐतिहासिक दायित्व हो भन्दै सबैले आ–आफ्नो ठाउँबाट निर्वाचनलाई हेरेर अर्जुनदृष्टिका साथ काममा लाग्नुपर्नेमा जोड दिए । यसैगरी गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले निर्वाचनका लागि अव सिमित समयमात्र बाँकी रहेकाले सरकार र नेपाली जनताले दिएको जिम्मेवारी पुरागर्न सुरक्षाकर्मीहरु उच्च मनोबलका साथ लाग्नुपर्ने बताए ।

कार्यक्रममा पूर्वका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुख तथा जिल्ला प्रमुखहरूको सहभागिता छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ