arrow

राष्ट्रपतिदेखि मन्त्री गगन थापासम्म अन्टार्टिकामा

logo
प्रकाशित २०७३ चैत २६ शनिबार
sanjay_gagan_President.PNG

काठमाडौं । विश्व पर्वतारोही संजय पण्डितले केहि महिना अघि आफुले आरोहण गरेको अन्टार्कटिकाको सर्वोच्च शिखर बिन्सोंन मासिफमा फहराएको राष्ट्रपतिदेखि मन्त्री गगन थापासम्मको फोटो सार्वजनिक गरेका छन् । अन्टार्कटिकामा फहराएको राष्ट्रपति विद्यादेवी भण्डारी, उप राष्ट्रपति नन्दबहादुर पुन, प्रधामन्त्री पुष्पकमल दाहाल, लगायत सरकारका मन्त्री एव‌ं उच्च प्रतिष्ठित व्यक्तिहरुको फोटो पण्डितले शनिबार सार्वजनिक गरेका हुन् । 

पण्डितले फोटो सार्वजनिक गर्दै भनेका छन्, 'मलाई र मेरो विश्व हिमाल आरोहणमा तन मन र धनले स्वीकार गरी प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण उच्च व्यक्तित्वहरुलार्इ निकै कठिन यात्रामा पनि जिरो जनसंख्या भएको विश्वको पाँचौ ठूलो महादेशको सातौं ठूलो सर्वोच्च बिन्दूमा पुर्‍याउन पाएकोमा निकै खुशी लागेको छ |' 

फोटो प्रदर्शनी गर्न कसैले आफुलाई नभनेको र फोटो प्रदर्शन गर्नुलार्इ आफूले कर्तब्य र इतिहासको जगेर्ना हुने सम्झिएको बताएका छन् | संसारकै निकै चिसो हुने महादेशको उपमा पाएको यो शिखरमा करिब ३० मिनेट लगाएर फोटोहरु प्रदर्शन गरेको उनले बताएका छन | 

पण्डितले सगरमाथा, प्राण घातक हिमालको रुपमा चिनिएको मनास्लु लगायत विश्वका चर्चित ११ पर्वतहरुको सफल आरोहण गरिसकेका छन भने अस्ट्रेलिया सर्वोच्च शिखर कोजीयसको र अफ्रिकाको  सर्वोच्च शिखर किलिमन्जारोमा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल, भाद गाउँले टोपी लगाएर गएका थिए । उनी आधार शिविरदेखि  सर्वोच्च बिन्दूसम्म उल्टो हिँडेर आरोहण गर्ने नेपालकै प्रथम विश्व पर्वतारोहीको कीर्तिमानी कायम गरेका छन् र यूरोपको सर्वोच्च शिखरमा ६ मिनेट ३ सेकेण्ड अर्ध नग्न भएर अर्को कीर्तिमानी कायम गरिसकेका छन्  | 

यो पहिलो त्यस्तो क्षण जुन देशको राष्ट्रपति, उप रास्ट्रपति, प्रधामन्त्री, पूर्वप्रधामन्त्री, उपप्रधामन्त्री अंकित तस्वीर अन्टार्कटिकाको  सर्वोच्च शिखर बिन्सोंन मासिफमा फहरिएको संजयले दाबी गरेका छन् | पण्डित युवा राष्ट्रिय प्रतिभा पुरस्कार २०१४ ,राष्ट्रिय युवा साहशिक खेलकूद हिरो २०१५ र जनसेवा श्री पुरस्कार २०१६बाट सम्मानित भैसकेका छन |

उनले अन्टार्कटीकामा उच्च  राष्ट्रपति विद्यादेवी भण्डारी, उप राष्ट्रपति नन्दबहादुर पुन, प्रधामन्त्री पुष्पकमल दाहालका अलावा पूर्वप्रधामन्त्रीहरु केपी शर्मा ओली, शेर बहादुर देउबा, झलनाथ खनाल  उपप्रधामन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महरा, स्वास्थ्य मन्त्री गगन थापा, पूर्व उपप्रधामन्त्रीहरु  बामदेव गौतम, रामचन्द्र पौडेल, टोपबहादुर रायमाझी, प्रकाशमान सिंह ,पूर्वअर्थ मन्त्री डा.राम शरण महत , पूर्वमन्त्री पुरुषोत्तम पौडेल ,पूर्वमन्त्री रेखा शर्मा, नेपाली कांग्रेसका महामन्त्री डा .शशांक कोइराला ,नेता लीलामणि पोख्रेल ,कृष्णध्वज खड्का, पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा गोबिन्द राज पोख्रेल, गोल्डेन गेट कलेजका कार्यकारी निर्देशक रमेश कुमार सिलवाल, एन आर एनका वरिष्ठ उपाध्यक्ष भवन भट्ट तथा आफ्ना बाबु आमा अंकित फोटो फहराएका थिए | 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ