arrow

प्रतिपक्षी नेताद्वारा प्रधानमन्त्री क्यामरुनलाई खुला बहसमा आउन आग्रह

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
david-camron.jpg.jpeg

लन्डन। बेलायतको प्रतिपक्षी दल लेबोर पार्टीका नेता जेरमी कर्बिनले मङ्गलबार यहाँका प्रधानमन्त्री डेभिड क्यामरुनलाई वार्षिक टेलिभिजन बहसमा सहभागी हुन आग्रह गर्नुभएको छ ।जेरमीले ट्वीट गर्दै आफूले राजनीति जनताका लागि बनाउन प्रधानमन्त्री क्यामरुनलाई खुला बहसमा सहभागी हुन आग्रह गरेको र प्रधानमन्त्रीले यसका लागि पहल गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री क्यामरुनले राष्ट्रका वर्षभरीका प्रमुख विषयमा आफ्ना मतदाताले सोधेको प्रश्नलाई टेलिभिजनद्वारा प्रस्तुत हुने खुला बहसमा छलफलमा ल्याउन पहल गर्न आग्रह गर्नुभएको हो ।जनताले आफ्ना राजनीतिक दलको कार्यक्रम सुन्न पाउनुपर्छ । निर्वाचित प्रतिपक्षद्वारा सरकारका गतिविधिलाई आवश्यक नियन्त्रण लिनेमा विश्वास गरेका हुन्छन् भन्नुहुँदै खुला बहसले यसलाई प्रभावकारी बनाउने कर्बिनले बताउनुभयो ।

सरकारलाई प्रतिपक्षद्वारा संसदभित्र वा बाहिर पनि सावधानीका साथ काम गर्नका लागि दबाब दिनुपर्ने उहाँको भनाई छ ।कुनै पनि राजनीतिक नेता जनतासँगको सम्पर्कमा भाग्न नपाइनेमा जोड दिनुभयो ।कर्बिनद्वारा प्रधानमन्त्रीलाई गरिएको आग्रहलाई स्कटिस नेसनल पार्टी (एएएनपी) ले प्रशंसा गर्दै आफू यसमा सहभागी हुने जनाएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ