arrow

नेक्सस कप अन्डर-१६ मा आयोजक एनसीए क्लब विजयी

logo
प्रकाशित २०७३ चैत २६ शनिबार
नेक्सस_कप.jpg

काठमाडौ । नेक्सस कप अन्डर १६ क्रिकेट प्रतियोगिता अन्तरग शनिबार ६ वटा खेलहरु भए । काठमाडौको बुढानीलकण्ठ स्कुल स्थित मैदानमा भएका खेलहरुमा नेक्सस क्रिकेट एकेडेमी, केसीटीसी, नेपाल पुलिस, जीएचसीए ‘बी’, बालुवाटार क्रिकेट क्लब र जीएचसीए ‘ए’ विजयी भए ।

शनिबार भएका खेलहरुमा पहिलो खेलमा काठमाडौको नेक्सस क्रिकेट क्लब एनसीएले काठमाडौकै एभरेस्ट क्लबलाई ५ विकेटले पराजित ग¥यो । यसअघि  टस जितेर फिल्डिङ रोजेको एनसीएले एभरेस्टलाई ७ विकेटको क्षतिमा मात्र ८९ रनमा समेट्यो । एनसीएकालागि जिशेष मानन्धर र आदित्य सुवेदीले २–२ विकेट लिए भने आविष्कार जोशी र सविन श्रेष्ठले एक एक विकेट लिए ।

९० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको एनसीले १६ दशमल ३ ओभरमा लक्ष्य पुरा ग¥यो । एनसीएका लागि मनिष शर्माले सर्वाधिक अविजित २७ रन बनाए भने अदित सुवेदीले अविजित १९ रन बनाए ।

अन्य खेलमा काठमाडौको केसीटिसीले एनसीएस नुवाकोटलाई ३१ रनले पराजित ग¥यो भने काठमाडौको बालुवाटार क्रिकेट क्लबले काठमाडौको हिमालयन क्रिकेट क्लबलाई १० विकेटले पराजित ग¥यो । त्यसैगरि जीएचसीए ‘ए’ ले एनसीएस लाई ८ विकेटले पराजित ग¥यो भने जीएचसीए ‘बी’ ले स्पोर्टस साइन्स एकेडी ‘सान’ ब्लु लाई ५ विकेटले पराजित ग¥यो । त्यस्तै नेपाल पुलिस क्लबले ‘सान’ ग्रीनलाई पराजित ग¥यो ।

बुढानीकण्ठ स्कुलकै दुई मैदानहरुमा भएको युवा खेलाडीहरुको खेल हेर्न क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे पनि पुगेका  थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ