arrow

युमे स्कुलको सफलतामा शरदको सपना र साकामोताको साथ 

logo
संगिता कुवँर,
प्रकाशित २०७३ चैत २६ शनिबार
school-khotang.jpg

खोटाङ। खोटाङ जिल्लाको दुर्छिम छाँपडाँडा गाउँ, जहाँ पुग्न सदरमुकामबाट २ घण्टा गाडीमा र ९ घण्टा पैदल यात्रा गर्नुपर्छ। यही गाउँमा ६ वर्षअघि खुलेको युमे स्कुल जहाँ स्थानीय २ सय ७ जना बिद्यार्थीहरुले रमाइ रमाइ पढिरहेका छन्। कक्षा छ सम्म पढाइ हुने यो बिद्यालयमा अंग्रेजी भाषामै पढाइ हुन्छ।


साधारण शिक्षा लिनका लागि समेत सहज नभएको यो गाउँमा अंग्रेजी माध्यममा शिक्षा लिन पाउँदा बिद्यार्थी मात्रै हैन अभिभावकहरु समेत खुशी छन्। चिटिक्क परेको रातो टोपी र स्कुल पोशाकमा सफा चट्ट भएर यहाँका बिद्यार्थी स्कुल पुग्छन्। शिक्षकले उत्साही भएर पढाउँछन् र बिद्यार्थीले पनि रमाइलो मान्दै सिक्छन्। सबै बिधार्थीहरु खेल, संगित, नाचँ संगै कुटोकोदालो र सरसफाईमा पनि उत्तिकै अब्बल छन्। बिद्यालयमा कार्ययोजना बनेको छ। कार्ययोजना अनुसारको काममा बिद्यार्थी र शिक्षक उत्तिकै जिम्मेवार छन्। यो बिद्यालयमा पुस्तक घोकाउने मात्रै हैन। देश र सामाजिक उत्तरदायित्वबारे पनि छलफल हुन्छ। बिद्यार्थी, शिक्षक र अभिभावकहरुबीच अन्र्तक्रिया हुन्छन्। यसकारण पनि यो स्कुल  नमुना स्कुल बनेको छ। यो नमुना स्कुलका संस्थापक हुन शरद राई। राइले नै यो बिद्यालयको नाम जापनीज भाषामै युमे राखे। यसको खास नेपाली अर्थ सपना हो र कलिला बालबालिकाको सपना पूरा गर्ने पर्यत्न गर्दैछ युमे स्कुलले।  

 

राईले खोटाङ जिल्लामै जन्मिएर छात्रबृतिमा काठमाण्डौंको बुढानिलकण्ठ स्कुलमा पढ्ने मौका पाए। सोही बेला उनलाई छात्रबृत्तिले जापानसम्म पुर्यायो। जापानमा बिश्वविधालयको अध्ययन सकेर उनी अहिले सफ्ट बैंक नामको मोबाइल कम्पनीमा जागिरे छन्। सरल स्वभावका शरद जापानमा रहेका ६८ हजार नेपालीमाँझ लोकिप्रय छन्। उनले धेरै जापानीजहरुलाई नेपाल घुमाउन लगिसकेका छन्। उनै शरदले यसै बर्ष जापानमा राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा पाचँ सय छनोटबाट फाईनलमा दुई जनालाई पछि पार्दै ११ लाख १० हजार जापानी ऐन हात पारेका थिए।


जापानमा आयोजना गरिएको प्रतियोगितामा १० हजार भन्दा बढि जापानीका अगाडी आठ मिनेट नेपालको बारेमा बोल्दा राईको मीठो बोली र स्कुलको योजना सुनेर जापानीज निकै भाबुक भएका थिए। उनले पाएको पुरस्कारको सबै रकम युमे स्कुलको लागी खर्च गर्ने निर्णय गरे। सन् २०११ मा स्कुल सुरु गर्ने बेला अप्ठ्यारो  भएपनि अरु स्कुल स्थापनाको जिम्मेवारी बढेको शरद बताउछन्। सरदलाई स्कुल स्थापना देखि दिनेश जोशीले साथ दिदै आएका छन्। यसअघि जापानका बिधार्थी सहयोगमा  १० हजार ८ सय ५० पेन्सिल युमे स्कुलका लागी पठाईएको थियो। यो महिनादेखि बिराटनगरमा दोस्रो युमे स्कुलका नाममा स्कुल संचालनमा आउदै छ।  साथ  सन् २०२४ सम्ममा आठ वटा स्कुलमा ८ हजार बिधार्थी सहभागी बनाउने शरदको लक्ष्य छ।

आफुसंगका साथीहरु दुबई कतार र मलेसिया गएपछि नफर्किएकोले पछिका साना भाईबहिनीको भबिष्य पनि उस्तै नहोस भनेर स्कुल स्थापनामा लागेको उनको भनाई छ । जापानका थुप्रै स्कुलहरुको पढाउने शैलि र शैक्षिक प्रणालीकोबारेमा जानकारी लिए पछि उनले युमे स्कुल स्थापना गरेका हुन्। पुस्तक पढ्न रुचि राख्ने शरदलाई पत्रकार जनकराज सापकोटाको पुस्तक कहरमा लेखिएको अंश “हरेक दिन त्रिभुवन विमानस्थलबाट सुटकेस लतार्दै निस्कने तन्नेरीको लस्करमा आँसु चुहाउँदै शोकाकुल आफन्त मिसिन्छन्।” यो अशंले मलाई झन आफ्नो देशको लागी सक्दो गर्नु पर्छ भन्ने जिम्मेवार बोध बनाएको बताउछन्। बिदेश जानु नराम्रो नभए पनि त्यहाँ सिकेका कुरा आफ्नो देशमा केहि मात्र गर्न सक्यौ भने देश बनाउन सकिने बताउछन्। 


उनलाई थुप्रै जापानीहरुले सकरात्मक साथ दिएकै बेला उनलाई अर्को साथ पनि मिलेको छ, २१ बर्षीय जापानी युवा साकामोतोको। जापानको बिश्वबिद्यालयमा अध्ययन गरिरहेका साकामोतोले युमे स्कुलमा बसेर १ वर्ष पढाउने गरि शरदसँगै गत साता नेपाल पुगेका छन्। अवको १ बर्ष स्कुलमा पढाउन, पुस्तकालय निर्माण गर्न र खेल खेलाउनका लागी उनले शरदलाई साथ दिनेछन्।


यो सँगै नेपालमा अर्को बिद्यालय खोल्न पनि लागिपर्नेछन्। जापानी भएर पनि साकामोतोमा नेपाल प्रतिको धेरै आत्मियता छ । जापानमा संगै काम गर्ने नेपाली दुख र थकानमा पनि हसिंलो अनुहार र सहयोगीपना को निकै तारिफ गर्छन्। ४ वटा कम्पनीमा कामको अबसर आएपनि साकामोतोले काम भन्दा युमे स्कुललाई साथ दिने कुरालाई ठुलो ठानेँ । यस्तो देशमा पुग्न पाएकोमा खुसि हुदै मान्छेले मान्छेलाई सहयोग गर्यो भने आफुलाई सहयोग गर्नेहरु पनि भेटिने बताउछन्।  


एक पटक नेपाल पुगिसेका उनी नेपाल देश मन परेसंगै शरद जस्तो सोच भएको साथी भेटाएकोमा खुशी व्यक्त गरे। ५ जनाको परिवारमा हुर्केका उनले नेपाल बसाईका क्रममा आफुलाई पनि धेरै अनुभव बटुल्ने आशा बोकेका छन्। दैनिक रुपमा सयौँ युवा बिदेशीरहेका बेला परदेशमा संघर्ष गरिरहेका शरदले गरेको यो प्रयास प्रशंसानीय छ। सक्दैनौ र अबसर छैन भन्न्नेका लागि गर्ने हो भने सफल भइन्छ भन्ने कुराका उदाहरण हुन् शरद।

Image may contain: 2 people, people standing and indoor

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ