arrow

नेपाली रुपैयाँ बलियो डलर कमजोर 

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
rupees.jpg

काठमाडौं । परिवर्तनीय संसारका धेरैजसो मुलुकमा साटिने विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिना यताकै कमजोर बनेको छ ।

निरन्तर रुपमै कमजोर बन्दै गएको नेपाली रुपैयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ । 

अमेरिकी डलर कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ बलियो बन्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलर बराबर १०२.४० पैसा खरिद मुल्य र विक्री मुल्य १०३.०३ तोकेको छ । 

यो २० महिना यताकै नेपाली रुपैयाँका तुलनामा कमजोर हो ।

अमेरिकाले पछिल्लो समय सिरियामा श्रृखंलाबद्ध आक्रमण बढाउँदै गएपछि विश्व बजारमै डलर कमजोर बनेको छ । 

अमेरिकी डलर कमजोर बन्दै जाँदा डलरको तुलनामा नेपाली रुपैयाँ बलियो बनेको हो ।

गत बर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च र १ सय ९ रुपैंयाँ ७७ पैसा पुगेको थियो । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ