arrow

चुनाव लाग्यो, शुरू भए मोटरसाइकल र्‍याली

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
motercycleryali_nagarjun.jpg

काठमाडौं । स्थानीय निर्वाचनको दिन नजिकिँदै जाँदा राजधानी बाहिरजस्तै राजधानीमा समेत विविध प्रचारमूलक कार्यक्रमको सुरवात भएको छ । विशेषगरी काठमाडौं उपत्यकामा पछिल्लो समय विभिन्न राजनीतिक दलले आफ्नो प्रचारमूलक कार्यक्रमहरु सुरु गरेका छन् ।

यसैबीच नेपाली काँग्रेसले नागार्जुन नगरपालिकाले प्रचारमूलक रुपमा सोमबार मोटरसाईकल र्यालीको आयोजना गरेको छ । आईतबार विहान स्वयम्भूको बुद्धपार्कदेखी चिसापानीहुँदै नगरपरिक्रमा गरेर फेरि बुद्धपार्क नै आएको मोटरसाईकल र्याली त्यसपछि गएर नागार्जुन नगरपालिका वडा नं २ र वडा नं ३ मा पार्टीको इकाई कार्यालय उद्घाटन गर्न पुगेको थियो ।  

नगर सभापति केदार मानन्धर, वडा नं ७, ८ र ९ का निवर्तमान सभापतिहरु धर्मराज अर्याल, मोहन बस्नेत र धर्म गौतम समेतको उपस्थितीमा भएको सो मोटरसाइकल र्याली तथा कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भने काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ७ का क्षेत्रीय सभापति मुकुन्द रिजाल थिए ।  

प्रमुख अतिथी रिजालले यस्ता कार्यक्रमहरु पार्टीको पक्षमा जनलहर सिर्जना गर्नको लागि आवश्यक रहेको जानकारी दिए । उनले निर्वाचनको पक्षमा माहोल सिर्जना गर्दै प्रचारप्रसारमा सबैलाई सक्रिय बनाउन सबै तिर यस्ता कार्यक्रमहरु आवश्यक रहेको पनि रिजालले प्रतिक्रिया दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ