arrow

झकास झापालीमा हट माला

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख २५ बुधबार
123766415.jpeg
काठमाडौं। फिल्म ‘रातो घर’को आइटम गीत ‘झकास झापाली’ रिलिज भएको छ । गीतमा माला लिम्बु र अनुरागमानसिंह कुवँरले फिचरिङ गरेका छन् । 

महेश खड्काको शब्द एवं संगीत रहेको गीतमा शशी रावलको स्वर छ । झापामै छायांकन गरिएको गीतमा मालाको बोल्ड एवं सेक्सी अवतार देख्न सकिन्छ । 

सुरज सुब्बा नाल्बोको निर्देशन र निकेश लिम्बुको निर्माण रहेको सिनेमा आउँदो वर्ष रिलिज हुँदैछ । विल्सनविक्रम राई, मेनुका प्रधान, संयम पुरी, गौरव पहाडी लगायतको मुख्य अभिनय छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ