arrow

म्यान्चेस्टर युनाइटेडको सानदार जित

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
Manchester_United_n.jpg

एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । सण्डरल्याण्डको घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ३–० को सानदार जित निकालेको हो ।

म्यानयुलाई विजयी गराउन ज्लाटान इब्राहिमोविच, हेनरिक मुक्तासन र मार्कस रास्फोर्डले १–१ गोल गरे । ४३औँ मिनेटमा सेबेस्टियन लार्सन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली सण्डरल्याड दबाबमा पर्‍याे ।

यसअघिको खेलमा एभर्टनसँग १–१ को बराबरीमा रोकिएको म्यानयुले चौथो स्थानको म्यान्चेस्टर सिटीसँग अंक दुरी कम गरेको छ । म्यानयुको ३० खेलबाट ५७ अंक भएको छ । शीर्ष स्थानको चेल्सीको ३१ खेलबाट ७५ अंक भएको छ भने दोस्रो स्थानको टोटनह्याम हट्सपरको समान खेलबाट ६८ अंक भएको छ । गत सिजनमा संकटमा परेको चेल्सीले यो सिजन उपाधि दावेदारी बलियो पारेको छ । चेल्सीले दोस्रो स्थानको टोटनह्यामसँग ७ अंको अग्रता लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ