arrow

चुनावको मुखैमा अरुदल कार्यकर्ता भित्र्याउँछन्, बाबुराम भने नेता निकाल्नै व्यस्त

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ चैत २७ आइतबार
nayasakti-flg.jpg.jpeg

हेटौंडा । स्थानीय निर्वाचन नजिकिएसँगै सबै दलहरु आआफ्नो चुनावी प्रचारप्रसारमा जुटिरहेका बेला तत्कालीन एकीकृत नेकपा माओबादीबाट फुटेर नयाँ शक्ति नेपाल नामक पार्टी गठन गरेका बाबुराम भट्टराईले भने पार्टीबाट भटाभट नेता तथा कार्यकर्तालाई पार्टीबाट निकाल्न थालेका छन् । केही दिनअघि केन्द्रीय नेताहरुलाई निस्काशन गरेको पार्टीले आईतबार मात्रै मकवानपुरमा पूर्व सांसद्लाई नै पार्टीबाट निस्काशित गरेका छन् । 

नयाँ शक्ति पार्टीका जिल्ला कार्यासमिति सदस्य पूर्व सांसद शेरबहादुर पहरीलाई नयाँ शक्ति पार्टी नेपाल मकवानपुरद्वारा साधारण सदस्य सहित नहुनेगरी निस्काशन गरेको छ । नयाँ शक्ति मकवानपुरका जिल्ला संयोजक प्रल्हाद लामिछानेले आइतबार विज्ञप्ती जारी गर्दै लामिछानेले पहरीले पार्टीको मुल्य मान्यता विपरित काम गर्दै गएकोले निस्कासन गरिएको बताए ।

उता, अरु दलहरु भने निर्वाचन प्रचारप्रसार अभियानमा जुटेका छन् । ती दलहरुमा दैनिक सयाै‌ंको संख्यामा नेता कार्यकर्ताहरु प्रवेश गरिरहेका समाचार आउने गरेका छन् । नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको ५ नम्बर वडाको ३ स्थानमा चुनाव प्रचारप्रसार कार्यालय तथा समिति आईतबार स्थापना गरिएको छ। 

हेटौंडा ५ को राई टोलमा रुपक राईको संयोजकत्वमा ५१ सदस्यीय, सितानगर टोलमा रणबहादुर खनालको संयोजकत्वमा १०१ सदस्यीय र नविन टोलमा हरि न्यौपानेको संयोजकत्वमा १०१ सदस्यीय चुनाव प्रचारप्रसार समिति र कार्यालय स्थापना गरिएको हो ।

काँग्रेस हेटौंडा ५ नम्बर सभापति यमबहादुर श्रेष्ठको सभाध्यक्षता तथा नगर सभापति आनन्दराम पराजुलीको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु काँग्रेसको तर्फबाट ५ नम्बर वडा अध्यक्षका उम्मेदवार राजेश बानियाँ, जिल्ला सदस्य ईन्दिरा न्यौपाने, बद्री लम्साल, रेवतीरमण पहाडी, प्रमिला खतिवडा, मिना ढुंगाना, रन्जन कठायत, विष्णु खतिवडा, भरत सैजु, राम विडारी, श्रीराम भट्टराई, शिव खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै, एमाले मकवानपुरले पनि हेटौँडामा भएको भेलाले एमाले मकवानपुरकी उपसचिव मिना लामाको संयोजकत्वमा स्थानीय निर्वाचन स्वयमसेवक तथा सुरक्षा उपसमिति निर्माण गरेको छ । समितिको उपसंयोजकमा सन्तोष चौँलागाई, सचिवमा धरम लामा चयन भएका छन् । त्यसैगरी सचिवालयमा सन्तोष पौडेल, सिता विष्ट, सुनिल लोप्चन, किसन घिसिङ, राजेन्द्र गौतम,किशोर कुमार टंडन, माधव तिमल्सिना, कुमार केसी लगाएतको रहेको एमाले् मकवानपुरले जनाएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ