arrow

नौ प्रतिशतले मात्रै घर बनाउन थाले, दुई प्रतिशतमात्र दोस्रो किस्ता पाउन योग्य

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
reconstruction-authority.jpeg.jpeg

काठमाडौं । दुई वर्षअघि गएको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पहिलो किस्ताको अनुदान रकम पाउनेमध्ये करिब ९ प्रतिशत (८.७) पीडितले मात्रै सरकारी प्राविधिकको निगरानीमा घर निर्माण थालेका छन् । 

पहिलो किस्ताको अनुदान लिएकामध्ये दोस्रो किस्ताका लागि निवेदन दिने ५.५७ प्रतिशत छन् । 

पहिलो किस्ताको रकम लिएर पुनर्निर्माण सुरु गर्नेको संख्या ४७ हजार ४ सय ५८ छ भने दोस्रो किस्ताको भुक्तानीका लागि निवेदन दिनेको संख्या ३० हजार ३ सय ८४ छ ।

पहिलो किस्ताको रकम लिएकामध्ये करिब २ प्रतिशत (१.९९) मात्रै दोस्रो किस्ताको रकम पाउन योग्य ठहरिएका छन् । 

दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरिएका लाभग्राही १० हजार ८ सय ६९ जना छन् । 

३ हजार ४ सय ५५ जनाले बनाएको घर भवनसंहिताअनुसार नभएको भन्दै दोस्रो किस्ताको प्रमाणीकरण हुन सकेका छैन ।

घर निर्माणमा ढिलाइ हुनुमा गाउँमा तत्काल प्राविधिक नपुग्नु, सहुलियत ऋण सरल ढंगले पाउन नसक्नु, स्थानीय तहको पुनर्संरचनाको असर देखिनु, अनुदान लिएपछि घर निर्माणको समयसीमा नतोकिनु, सरकारले पठाएका नक्सा गाउँमा व्यवहारिक नहुनु, घरमूली पैसा कमाउन विदेश जानु जस्ता कारण देखिएका छन् ।

‘प्राविधिक पुनःव्यवस्थापन गर्दै छौं, दोस्रो किस्ताको रकम पठाउँदै छौं । त्यसैले आगामी दुई महिनामा राम्रो नतिजा देखिनेछ’, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्द पोखरेलले भने, ‘गाउँमा मानिसहरूले घर पुनर्निर्माणलाई भन्दा आयआर्जनलाई प्राथमिकता दिएको देखियो ।’ 

तीन महिनाअघि (पुस २७) पुनर्निर्माणको कामलाई तीव्रता दिएर वर्षातअघि नै भूकम्पपीडितलाई आवास व्यवस्था मिलाइने प्रतिबद्धतासहित राष्ट्रि पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रूपमा डा पोखरेलले जिम्मेवारी सम्हालेका थिए । 

सरकारी प्राविधिकको निगरानीमा घर निर्माण पूरा हुनेको संख्या हालसम्म १ प्रतिशत पनि देखिँदैन । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ