arrow

आईजीपी बनाउने पोको मन्त्रिपरिषद्मा खोलिँदै

प्रकाश अर्याल आईजीपी बन्ने सम्भावना बलियो

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
newcabinet.jpeg

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक आईजीपी बनाउने विषयसँग जोडिएर देखापरेका यावत अफ्टेराहरुका कारण झण्डै एक महिनासम्म बस्न नसकेको मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । दिउँसो ३ बजेको लागि बोलाईएको बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गर्ने तयारी गरिरहेको गृहमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

आफूले नियुक्ति दिएको व्यक्तिलाई आईजीपी नबनाउन सर्वाेच्च अदालतले आदेश जारी गरेसँगै दबाबमा परेको सरकारले कसलाई प्रहरीप्रमुख बनाउला भन्ने विषयमा नयाँ अड्कलबाजी सुरु भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार नवराज सिलवाललाई नै सरकारले प्रहरी प्रमुख बनाउने अनेक अड्कलबाजी चलिरहँदा सोमबारको मन्त्रिपरिषद्को बैठकले नतिजा भने फरक दिने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री निकट तथा गृहमन्त्री निकट स्रोतका अनुसार इतिहासमा नै पहिलो पटक डिआईजीहरुको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन मन्त्रिपरिषद्को बैठकमा नै खोल्ने र त्यसैको आधारमा नयाँ प्रहरी प्रमुख नियुक्ति गर्ने तयारी सरकारको छ । यस अघि त्यस्तो निर्णय गर्दा बढुवा समितिको सिफारिसलाई आधार मानेर मन्त्रिपरिषद्ले निर्णय मात्रै गर्ने गरिएको भएपनि अहिले भने धेरै झमेला सिर्जना भएकोले मन्त्रिपरिषद्मा नै त्यो प्रतिवेदन खोलेर अदालतको आदेश अनुसार वरिष्ठलाई महानिरीक्षक नियुक्त गर्ने तयारी भईरहेको हो ।

प्रहरीको कार्यसम्पादन गर्ने अधिकारीहरुका अनुसार तीन जना डिआईजीहरुमध्ये अहिले नवराज सिलवाल र जयबहादुर चन्द भन्दा पनि प्रकाश अर्याल कार्यसम्पादन मुल्यांकनमा अंक राम्रो रहेको छ । त्यसैले मन्त्रिपरिषद्ले उनलाई नै प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्ने सम्भावना बढी रहेको स्रोतको दाबी छ ।

नवराज सिलवाललाई नबनाएर जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णय र चन्दलाई महानिरीक्षक बनाउन नमिल्ने सर्वाेच्चको फैसला आईसकेको अहिलेको सन्दर्भमा मध्यमार्गी विकल्पको रुपमा अर्याल देखिएका हुन् । जसरी पनि चन्दलाई नै महानिरीक्षक बनाउनु पर्ने काँग्रेस सभापति शेरबहादुर देउवा पनि प्रकाश अर्याल बन्ने सवालमा भने सकारात्मक देखिएका छन् । उनी सर्वाेच्चको आदेशपछि चन्दलाई महानिरीक्षक बनाउने अडानबाट पछि हटेका हुन् ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ