arrow

लिजेन्डरी अर्थमन्त्रीको योगदानको कदर भएन : महत

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
रामशरण-महत.jpg.jpeg

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता रामशरण महतले सुवर्णशम्शेर राणा नेपालको लिजेन्डरी अर्थमन्त्री भएको बताएका छन् । सुवर्ण स्मृति परिषद्को दोस्रो वार्षिक साधारणसभामा नेता महतले उनले योगदानको कदर हुन नसकेको विचार व्यक्त गरेका हुन् ।  महतले भने “आफ्नो सारा सम्पत्ति दान गर्न तयार रहे पनि उनी राज्यको ढुकुटीको संरक्षण र प्रभावकारी सञ्चालन गर्नेमा कठोर थिए ।”

उनका अनुसार नेपालको बजेट सुरु गरेका नेपालका पहिलो अर्थमन्त्री सुवर्णशम्शेरले आयकर, सम्पत्ति करजस्ता राज्यको स्थायी स्रोतको व्यवस्था गरेको उल्लेख गर्दै नेपालमा आफ्नै मुद्रालाई स्थापित गर्ने र विनिमय दर निर्धारण योगदान गरेको उल्लेख गरे । आर्थिक मात्र नभई शैक्षिक क्रान्तिका लागि एकै वर्षमा मुलुकभर एक हजार ६०० भन्दा बढी विद्यालय स्थापनाको रकम व्यवस्थापन आफ्नो बजेटमार्फत गरेको स्मरण गर्दै महतले काँग्रेसका संस्थापकमध्येका नेता सुवर्णको उचित मूल्याङ्कन हुन नसकेको गुनासो गरे ।

विसं २०१५ मा काँग्रेसले बहुमत ल्याएका बखत बिपीलाई प्रधानमन्त्री बन्न उनकै नै आग्रह गर्नुभएको स्मरण गर्दै नेता डा महतले भने“बिपीलाई प्रधानमन्त्री बनाउन केही विलम्ब गरियो । राजाले सुवर्णजीको नाम लिएको चर्चा बाहिर आयो । तर सुवर्णजीले खुलेर भने, बिपी यो तपार्इंको उपलब्धि हो र तपार्इं नै प्रधानमन्त्री बन्नुपर्छ । उनको ठूलो त्याग गर्नुभएको होइन यो ?”

काँग्रेसमा बिपी, सुवर्ण, गणेशमान, किसुनजी जस्ता एक से एक त्यागी नेता रहेको बताउँदै उहाँले पछिल्लो समय त्याग छायाँमा पर्ने गरेको बताए। सो अवसरमा काँग्रेसका संस्थापक नेता तथा पूर्वमन्त्री रामहरि जोशीले अहिलेको विषम परिस्थितिमा बिपीजस्तो दूरदृष्टि भएको र मेलमिलाप गर्नसक्ने तथा सुवर्णजीजस्तो त्याग गर्न सक्ने नेताको खाँँचो रहेको बताए ।

त्यसैगरी, सुवर्ण स्मृति परिषद्का सल्लाहकार हिमालयशम्शेर राणाले सुवर्ण शम्शेरमा इमानदारी र त्यागको गुण हुनुका साथ समाजवादी चिन्तन रहेको स्मरण गरे । पूर्वमन्त्री मार्सलजुलुम शाक्यले सुवर्ण शम्शेर त्यागी र निष्ठाले भरिपूर्ण नेता भएको उल्लेख गर्दै उहाँको सम्मानका लागि परिषद् स्थापना गरेर काम सुरु गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ