arrow

मन्त्रिपरिषद् बैठक दुई चरणमा, आइजीपी बनाउन यस्तो तरिका

पहिलो चरणमा नम्बर पेश गर्ने कमिटी, दोस्रो निर्णायक

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
cabinet_news_a.jpg

काठमाडौं । मन्त्रिपरिषद्, पहिलो सेसनको बैठक सकिएर फेरि दोस्रो सेसन सुरु भएको छ। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्न पहिलो सेसनले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको नम्बर पेश गर्न कमिटी गठन गरेको छ ।

कमिटीमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुखलाई राखिएको छ। त्यो कमिटीले दोस्रो सेसनमा दावेदारहरुको कार्यसम्पादन नम्बर पेश गर्ने छ।

कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेको डीआईजी नै प्रहरीको नयाँ प्रमुख बन्ने देखिएको छ। बाहिर आएको चर्चामा प्रकाश अर्याल कार्यसम्पादनमा अगाडि रहेको बताइएको छ।

सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय खारेज गर्दै चार आर्थिक वर्षको कार्यसम्पादनमा पहिलो हुनेलाई आईजीपी बनाउन परमादेश जारी गरेको थियो । डिआइजी नवराज सिलवालले आफु बरिष्ठ भएको जिकिर गर्दै आएका छन् । मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकको टुंगो लगाउने र अन्य विषयहरुमा पनि छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ