arrow

नक्कली सुकुम्बासीको उठिवास हुन्छ, अब सरकार चुपलागेर बस्दैनः मन्त्री केसी

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
arjun-narsingh-kc-smile.jpg.jpeg

काठमाडौं। सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले बागमती नदी वरिपरि बसेका नक्कली सुकुम्बासीलाई सरकारले जसरी पनि विस्थापन गर्ने बताएका छन्। 


सोमबार अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको २३ औँ वार्षिकोत्सब समारोहमा मन्त्री केसीले बास्तविक सुकुम्बासीको उचित व्यवस्थापनका लागि सरकार प्रतिवद्ध रहेको पनि बताए। 


मन्त्री केसीले नक्कली सुकुम्बासीलाई जस्तोसुकै राजनीतिक वा अन्य दवावका बीच पनि हटाउन सरकार प्रतिवद्ध रहेको बताए। उनले सुकुम्बासीका नाममा सरकारी जग्गा कब्जा गरेरबस्नेहरुलाई कानुनी दायरामा ल्याउनका लागि आफुले काम गरिरहेको पनि बताए।


मन्त्री केसीले केही राजनीतिक दलका नेताहरु नै आफ्नो कामदेखि डराएको र नक्कली सुकुम्बासीहरुलाई उचाल्नतर्फ लागेको आरोप समेतलगाए। सहरी विकास मन्त्री केसीले बाग्मती सरसफाइका लागि सरकारले जतिनै लगानि गरेता पनि जनस्तरमा बाग्मती मेरो हो भन्ने भावनाको अभिबृद्धि नभए सम्म बाग्मतीको अवस्था यस्तै नै रहने बताउँदै जनस्तरमा कार्यक्रम लानुपर्नेमा जोड दिए।


मन्त्री केसीले बागमती सभ्यता सफाइ र दिर्घकालिन रुपमा बागमतीको पर्यावरण स्वच्छताका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्रालय तयार रहेको बताउँदै सफाईको कामलाई तिब्रता दिन पनि निर्देशन दिए। कार्यक्रम मापनपछि वाग्मती किनारा क्षेत्रमा विक्षरोपण कार्य समेत भएको मन्त्री ज्युका निजि सचिवालयबाट निरन्जन थापाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ