arrow

डीपीएल टी–२० क्रिकेटमा विराटनगर र धनगढी मैदानमा, पारसको पुनरागमन

दिउँसो काठमाडौं र कञ्चनपुर भिड्दै

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
dpl-dhangadi.JPG

धनगढी । धनगढीमा चलिरहेको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा अहिले विराटनगर किंगस र धनगढी टिम चौराहा भिडिरहेका छन् । 

विराटनगरको नेतृत्व शरद भेषवाकरले गरिरहेका छन् भने धनगढीको कप्तानी राष्ट्रिय टिमका कप्तान पारस खड्काले गरिरहेका छन् । 

खेलमा टस जितेर धनगढीले पहिले फिल्डिङ गरिरहेको छ । दुवै टिमले जारी डीपीएलमा पहिलो खेल खेलिरहेका छन् ।

गत फागुनमा पेटको अप्रेशन गरेका पारसले केन्याविरुद्धको वल्ड क्रिकेट लिग खेल्न सकेका थिएनन् । त्यस्तै इमर्जिङ कप्स एसियन क्रिकेट खेल्न पनि बंगलादेश जान सकेका थिएनन् ।

यही डीपीएलबाटै उनले पुनरागमन गरेका छन् ।  

दोस्रो खेलमा दिउँसो १ बजे काठमाडौं गोल्डेन्स र कंचनपुर आइकोनिक भिड्ने छन् ।

पहिलो खेलमा दुवै टिम पराजित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ