- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौंको बौद्धमा बिहान गुन्डा नाइकेमाथि गोली प्रहार भएको छ । डन दाबा लामामाथि तीन राउन्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
अज्ञात समूहले गोली प्रहार गरी भागेको बताइएको छ । लामाको ढाडमा गोली लागेको हो ।
उनको अत्तरखेल अस्पतालमा उपचार भइरहेको छ ।
गणेश लामा समूहबाट गुन्डागर्दी गर्दै आएका लामा केही समयदेखि छुट्टै गुन्डागर्दीमा सामेल थिए ।