arrow

मोर्चाको वहिस्कार, अबको संसद बैठक ७ वैशाखमा

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
sansad-nirwachan.jpg.jpeg

काठमाडौं । संसद बैठक वैशाख ७ गते बस्ने गरी स्थगित भएको छ । मंगलबार बसेको बैठकमा सरकारले यसअघि संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएको छ । यद्यपि, संशोधनको नयाँ प्रस्ताव पेश गर्ने बेला त्यसको विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद वहिष्कार गरेको छ ।

संशोधन प्रस्ताव पेश गर्नुअघि छलफलमा भाग लिएका मोर्चाका सांसदहरु पछि बैठकबाट बाहिरिए । बैठकमा बोल्दै तमलोपाका नेता कबल अहमद शाहले प्रदेशको सीमांकनको एजेन्डा छाडेर ल्याइएको संशोधन प्रस्ताव स्वीकार्य नहुने बताउँदै विरोध गरे ।

सरकारले मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन नयाँ संविधान संशोधन संसदमा पेश गर्न अघिल्लो प्रस्ताव फिर्ता लिएको छ । नयाँ प्रस्तावमा प्रदेशको सीमांकनसम्बन्धि विवाद संघीय आयोगमार्फत् टुंगो लगाउने उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ