arrow

नवराज सिलवालले पीसीसी बैठक वहिस्कार गरेर चेन अफ कमान्ड तोडे

सिलवालको मुद्दाको सुनुवाई वुधबार

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
Screenshot-silwal-g.png

काठमाडौं । प्रकाश अर्याललाई महानिरीक्षकमा बढुवा तथा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध डिआइजी नवराज सिलवाल फेरि सर्वोच्च अदालत पुगेका छन् । अर्यालको रिटको सुनुवाई वुधबार हुने बताइएको छ । रिटको पेशी वुधबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

सिलवाल कार्यसम्पादन मूल्यांकनमा अन्याय भएको भन्दै सर्वोच्च पुगेका हुन् । जयबहादुर चन्दलाई आइजीपी बनाउने सरकारको निर्णयविरुद्ध पनि उनले सर्वोच्चमा रिट दर्ता गराएका थिए । सोही रिटको सुनुनाई गर्दै सर्वोच्चले चैत ८ गते चार वर्षको कार्य सम्पादन मूल्यांकन गरी उपयुक्त व्यक्तिलाई नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले सुनाएको फैसला कार्यान्वयन गर्न भन्दै सिलवालले केही दिन अघि गृहमन्त्रालयमा निवेदन समेत दिएका थिए । यद्यपि, कार्यसम्पादनमा प्रकाश अर्याल अघि देखिएको भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो ।

यसैबीच, नयाँ आइजीपीले बोलाएको बैठक वहिष्कार गरेर सिलवालले चेन अफ कमान्ड तोडेका खुल्न आएको छ । प्रकाश अर्याल महानिरीक्षक नियुक्त भएपछि पहिलो पटक बसेको प्रहरी समन्वय समिति (पीसीसी)को बैठकमा सिलवाल सहभागि नभएको बताइएको छ ।

सिलवालले संगठन प्रमुखले डाकेको बैठकसमेत वहिष्कार गरेर चेन अफ कमान्ड तोडेको भन्दै प्रहरी उच्च अधिकारीहरुले नै आलोचना गरेका छन् । कार्यपालिकाको निर्णयलाई पटक–पटक चुनौती दिदै अदालतमा जाने ‘सिलवाल प्रवृत्ति’ ले सुरक्षा निकायमा अनुशासनहिनता निम्त्याउने भन्दै आलोचना भएको हो । आइजीपी संयोजक रहने प्रहरी समन्वय समिति (पीसीसी)मा मुख्यालयका एआईजी र डिआईजीहरु सदस्य रहने गर्दछन् । प्रहरी प्रधान कार्यलय नक्सालमा बसेको बैठकमा निर्वतमान निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल,  डिआइजीहरु जयबहादुर चन्द, बमबहादुर भण्डारीलगायत सहभागि भए । नवराज सिलवाल भने बैठकमा उपस्थित भएनन् । सिलवाल बाहेक सबै डिआइजीहरु उपस्थित भएको बैठकमा सहभागिहरु बताए । बैठकमा एसएसपीहरु पनि उपस्थित थिए ।

पहिलो बैठकले प्रकाश अर्यालको नियुक्तिको स्वागत गरेको छ । बैठकमा सहभागि डिआइजी बमहादुर भण्डारीले भने, ‘सरकारले रिक्त प्रहरी महानिरीक्षक नियुक्त गरेकामा स्वागत भयो । यो प्रहरी संगठनको परम्परा नै हो । हामीले नयाँ आइजीपी सावलाई स्वागत गरेका छौँ । सरकारको निर्णयको स्वागत गर्ने परम्परा पनि छ ।’ निर्णयको सबैले स्वागत गरेका छन् ।   

नवराज सिलवाल चन्दविरुद्ध सर्वोच्च गएपछि डेढ महिना प्रहरी संगठन नेतृत्वबिहिन थियो । प्रहरी नेतृत्व विवादमा तानिदा चेन अफ कमान्ड कमजोर हुनुका साथै शान्तिसुरक्षामा समेत त्यसको नकारात्मक पर्न थालेको टिप्पणी भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ