arrow

एमाले पहाड र मधेशका बीचमा द्धन्द गराउने षडयन्त्रमाः देउवा

logo
कपिल ज्ञवाली ।
प्रकाशित २०७३ चैत २९ मंगलबार
congress-programe-bhairahawa.jpg

भैरहवा । नेपाली काग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेस र पहाड बिच झगडा गराउन नेकपा एमालेले षडयन्त्र गरेको आरोप लगाएका छन् । एमालेका नेताहरुले पहाडी राष्ट्रबाद भन्दै मधेस र मधेसी समुदायलाई गाली गरेर नेपाली नेपाली बिच झगडा गराउन खोजेको उनको आरोप छ ।

नेपाली काँग्रेस रुपन्देहीले मगंलवार भैरहवामा आयोजना गरेको चुनावी आमसभालाई सम्वोधन गर्दै सभापति देउवाले एमालेले राष्टियताको खण्डीत परिभाषा लिएर हिड्दा राष्ट्रियता कमजोर हुने समेत बताए । मधेसी समुदाय सिमामा बसेर सिमाको रक्षा गरीरहेका छन्, उनले भने त्यसकारण उनिहरुको सम्मान र कदर हुनुपर्छ । 

मधेसी समुदायको भावनाको कदर गर्दै काँग्रेसले संविधान ससोधन प्रस्ताव ल्याएको र उक्त प्रस्ताव पास हुन नदिन एमालेले षडयन्त्र गर्दै मधेस र पहाडको झगडा हुनेगरी अभिव्यक्ती दिर्दै हिडेको देउवाले बताए । संविधानले सवैका हक र अधिकार सुनिश्चित गरेको भन्दै उनले अव संविधान कार्यान्वयन गरी मुलुकलाई बिकासको गतिमा लैजान निर्वाचन अपरिहार्य रहेको उनले बताए ।

सघिय लोकतान्त्रिक संविधानले काठमाडौ र सिहंदरवारमा सिमीत रहेको अधीकार गाउ तथा जनताको हातमा लिएर आएका भन्दै उनले आगामी बैसाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सवै एक जुट भएर लाग्न आग्रह गरे ।

नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनतामा आएको अधीकारलाई संस्थागत गर्ने मौका निर्वाचन भएको भन्दै निर्वाचनका बारेमा कुनै पनि द्धिविधा नराख्न आग्रह गरे ।

Image may contain: 8 people, people sitting and outdoor

‘निर्वाचन मार्फत सिहंदरबारको अधीकार मर्चवारमा आउदै छ, उनले भने– सिहंदरवारको अधीकार जनतामा आउन लागेकाले जनताको अधिकार कसैले रोक्नु हुदैन ।’ गाउँ र नगरलाई अधिकार दिने सन्दर्भमा मधेसी मोर्चा बिचलीत हुन नहुने र एमालेले उग्र राष्टबादको नारा लिएर समुदाय समुदाय बिच झगडा गराई निर्वाचनको बाताबरण बिगार्न नहुने उनको भनाई थियो । राष्ट्रियताको खण्डीत परिभाषा लिएर जाती, समुदाय तथा धर्मको नारा लगाउनु लोकतन्त्रको परिभाषा भित्र नपर्ने उनको तर्क थियो । 

सभालाई सम्वोधन गर्दै महामन्त्री डा ससांक कोईराला, पूर्व महामन्त्री कृष्ण सिटौलाले मुलुक निर्वाचनमय भईसकेको भन्दै अव कुनै पनि हालतमा निर्वाचन नरोकीने प्रस्टाए । हालसम्मका सवै परिबर्तन र जनताको अधिकार स्थापित गर्नमा नेपाली काँग्रेसले नेतृत्व दायी भुमीका निर्वाह गरेको भन्दै अव संघिय लोकतान्त्रिक संविधानलाई संस्थागत गर्न पनि काँग्रेसको नेतृत्व आवश्यक रहेको औंल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ