arrow

स्वास्थ्यमन्त्री थापाको अर्को फड्को, स्वास्थ्य बीमा सम्बन्धी विधेयक पारित

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
gagan-sign-padbhar.jpeg

काठमाडौं । स्वास्थ्य मन्त्रालयले बनाएको स्वास्थ्य बीमा गर्ने सम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले आफुहरुले उच्च प्राथमिकताका साथ निरन्तर गृहकार्य गरिरहेको स्वास्थ्य बीमा सम्बन्धी विधेयक पारित भएको जानकारी दिएका हुन् ।

विधेयक संसदमा संसदमा पेश भइ पारित भएपछि बीमा सम्बन्धी छुट्टै ऐन बन्ने छ । ऐन बनेपछि सकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अझ तीब्र रुपमा अघि बढ्ने बताइएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीका अनुसार सरकारले पोहोर चैत २५ देखि सुरु गरेको बीमा कार्यक्रममा आठ जिल्लाका ४५ हजार दुई सय ७७ जनाको स्वास्थ्य बीमा भइसकेको छ । प्रतिशतका आधारले २ प्रतिशत मात्र हुन आउने भएपनि यसलाई महत्वपूर्ण उपलब्धि मान्नु पर्ने उनको भनाई छ ।

आठ जिल्लामा लागू भइसकेको कार्यक्रम आगामी असारसम्म थप १७ जिल्लामा सुरु गरिने भएको छ । बीमाको ऐन बनेपछि कार्यान्वयन तह बलियो हुने बताइएको छ । हाल बाग्लुङ्ग, इलाम, बैतडी, अछाम, पाल्पा, म्याग्दी, कास्की र केलाली गरी मुलुकको आठ जिल्लामा यो बीमा कार्यक्रम संञ्चालित छ ।

आगामी असार देखि झापा, तनहु, गोर्खा, भक्तपुर, चितवन, जुम्ला, जाजरकोट, महोत्तरी, रोल्पा, मकवानपुर, सोलुखुम्वु, सुर्खेत, बर्दिया पर्सा, सिन्धुली सुनसरी र रौतहट जिल्लामा बीमा कार्यक्रम अगामी असारसम्ममा बिस्तार गर्ने सरकारको तयारी छ ।

एकवर्ष भित्र न्यूनतमरुपमा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा चिकित्सकको उपलब्धता, ओजार, उपकरण, फार्मेसी आदीको व्यवस्थापनमा केही प्रगति भएको र गरिब घर परिवार पहिचान कार्यक्रमबाट परिचय पत्र उपलब्ध नहुँदा आर्थिक हिसाबले पहुँच कम भएको बर्गलाइ समेट्न नसकिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ