arrow

च्याम्पियन्स लिग फुटबल क्वार्टरफाइनलः बार्सिलाना युभेन्टससँग पराजित

खेलाडी चढेको बसमा बम विष्फोट

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
barcelona-uventus.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनलको  पहिलो लेगको खेलमा स्पेनिश क्लव बार्सिलोना नराम्ररी पराजित भएको छ ।

बार्सिलोना इटालियन क्लव युभेन्टससंग उसकै मैदानमा ३–० को फराकिलो अन्तरले पराजित भएको हो । 

युभेन्टसलाई विजयी गराउन पाब्लो डिबालाले दुई तथा जर्जीनो चेलिनीले एक गोल गरे । 

कमजोर देखिएको बार्सिलोनाका लुइस सुवारेज र एन्द्रेस एनेस्ताले गोल गर्न नसके पनि पहेंलो कार्ड खाँदा दोस्रो लेगमा पनि बार्सिलोना दबाबमा पर्ने देखिएको छ । 

दोस्रो लेग भने बार्सिलोनाले घरेलु मैदानमै खेल्नेछ । तर ४–० को अन्तरले जित्न भने बार्सिलोनालाई समस्यै पर्नेछ ।

यता जर्मन फुटबल क्लव बोरुसिया डर्टमण्डका खेलाडी बोकेको बसमाथि बम हमला भएपछि च्याम्पियन्स लिग अन्तर्गत मोनाको विरुद्ध मंगलबार राति हुनपर्ने खेल रद्द भएको छ ।

जर्मनीको डर्टमण्डस्थित रंगशालातर्फ जाँदै गर्दा तीन वटा बम हमला भएको थियो । जसमध्ये एउटा बम टिम बसनजिकै विष्फोट भएको थियो ।

विष्फोटमा परी खेलाडी मार्क बाट्रा घाईते भएका छन् । नाडीको हड्डी भाचिएपछि उनको शल्यक्रिया गरिएको छ ।

 

Experienced central defender Giorgio Chiellini made sure of the first-leg victory when he headed a third in the second half

Lionel Messi (left) embraces Juventus goalkeeper Gianluigi Buffon before kick-off in the Champions League tieJuventus needed to wait just seven minutes before they were ahead when Dybala (hidden) placed past Marc-Andre ter Stegen

Dybala and Juan Cuadrado (right)  try something a little different after the striker put the side 1-0 up early on in the game

The Borussia Dortmund team coach was hit by three explosions as it left the team hotel 

Borussia Dortmund players hang around outside their hotel after getting off their team coach

Thomas Tuchel is seen by the team bus after an explosion near their hotel before the game

Pierre-Emerick Aubameyang speaks to someone on his phone after getting off the bus safely

Police officers were on the scene after the bus's windows shattered, injuring one player



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ