arrow

भित्तामा पुर्‍याएका एमालेका हस्तीहरुले अध्यक्ष ओलीका बारेमा यसो भने

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
kp-oli-new.jpg.jpeg

काठमाडौं। आफूसँग असहमत दलसँग जनताको तहमा देखिने गरी संवाद अघि नबढ्नुमा अध्यक्ष ओलीको कार्यशैलीसमेत केही हदसम्म जिम्मेवार रहेको आभास पाउँछन्, एमाले पोलिटब्युरो सदस्य विजय पौडेल । प्रतिकूल स्वास्थ्यस्थितिका बाबजुद पनि उनी निरन्तर खटिरहेका छन् । तर, राजनेता नै हुने स्तरको काम भने गरेका छैनन् । 

पौडेल भन्छन्, “लामो त्याग गरेर, जेल बसेर ओली राजनीतिमा स्थापित हुनुभएको हो,” पौडेलको कथन छ, “उहाँको समस्या भनेको पार्टीभित्र न्याय नगर्ने, गुटका मात्र कुरा सुन्ने, आफूलाई जे लाग्यो त्यो मात्र सही ठान्ने, कतिपय सन्दर्भमा उत्तेजक अभिव्यक्ति दिने, देवत्वकरण गरेको रुचाउने हो ।”

नेपाल साप्ताहिकमा कुराकानीका क्रममा ओलीको बारेमा पौडेलले मात्र हैन अन्य एमालेका नेताहरुले पनि टिप्पणी गरेका छन्। जनताका बीचमा स्थापित नेताहरुलाई पनि ओलीले भित्तामै पुर्‍याएका त्यस्ता नेताहरु ओली अहंकारी र दम्भी भएको बताउँछन्। कुनै पनि व्यक्तिको आलोचना खास गरी दुई प्रकारले हुन्छ । पहिलो, कसैको गल्ती भेटियो भने त्यसबाट उठ्नै नदिन । दोस्रो, गल्तीबाट सच्चिँदै फेरि–फेरि गल्ती नदोहोर्‍याओस् भनेर असल मनसायले । 

यद्यपि, ओलीले भने दोस्रो कोणबाट गरिएको आलोचनालाई समेत प्रतिशोधका रूपमा लिने गरेको गुनासो उनकै पार्टीपंक्तिमा समेत व्याप्त छ । उनका आलोचकहरू त कतिसम्म भन्छन् भने असल नियतले नै सही, आफ्ना कमजोरी खुट्याइदिनेलाई निरन्तर उपेक्षा गर्छन् ओली ।

कुनै समय ओलीका दौतरीसमेत रहेका एमाले केन्द्रीय सदस्य राधाकृष्ण मैनालीका भनाइमा ‘म आफैँ ज्ञाता हुँ । मैले कसैको सल्लाह लिनुपर्दैन’ भन्ने अहंकारयुक्त बुझाइ छ ओलीमा । अनि, सबैले आफूलाई पूजिदिऊन् भन्ने पनि चाहन्छन् उनी । यही बुझाइकै कारण प्रधानमन्त्री हुँदा ओलीले सल्लाह दिनै नसक्ने, अह्रन–खटन मान्ने पात्रहरूलाई केवल जागिर मात्र दिलाउनका लागि सल्लाहकार नियुक्त गरेका थिए ।

पार्टीभित्र होस् वा बाहिर ओली कसैको पनि सल्लाह लिँदैनन् । “प्रधानमन्त्री हुँदा कसैको सल्लाहमा नचलेकै कारण ओली नेतृत्वको सरकारी मोर्चा लामो समय टिकेन,” मैनाली भन्छन्, “भारतलाई झुकाएँ, चीन मेरो साथमा छ । त्यसैले एसियामा नै म बराबरको नेता अर्को छैन भन्ने भ्रममा ओलीको अहंकार बढेको हो ।” आफ्ना भाषणबाट आफैँ उत्तेजित भएर देशभित्रका बहुमत जनताले ‘मलाई मात्र स्वीकार्छन्’ भन्ने टुंगोमा पुगेपछि ओलीको अहंकार चुलिएको मैनालीको ठम्याइ छ ।

उनै केपी ओली आफू माथि प्रश्न उठाएको भन्दै लोकप्रिय नेता तथा उपमहासचिव घनश्याम भुसाललाई हेपाहा शैलीमा 'जुनियर' भनेका ओलीले मान्नुपर्नेको नाम दिदा वैठक नै छोडेर हिडेको समेत एमालेका नेताहरु बताउँछन्। उनलाई स्कुल विभागको प्रमुख नबनाएर अध्यक्ष आफैले राखेको र भुसाललाई माइनस गरेको एमालेकै नेताहरु बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ