arrow

पोखरामा काँग्रेसको वृहत आमसभा, अहिले सम्मकै अभूतपूर्व शक्ति प्रदर्शन

काँग्रेसका लागि ऐतिहासिक

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
congress_pokhara.png

कास्की । पोखरामा नेपाली काँग्रेसले गरेको चुनावी आमसभामा जनसागर उर्लिएको छ । जिल्ला सहकर्मी सिरोमणि बरालका अनुसार पोखरामा यो अहिलेसम्म भएका कुनै पनि पार्टी र काँग्रेस स्वयंकै आमसभा भन्दा अभूतपूर्व शक्ति प्रदर्शन हो ।

उनले भनेका छन्, ‘अहिलेसम्म पोखरामा भएका कुनै पनि सभाहरुमा यति धेरै जनता सहभागि भएका छैनन् । यसलाई अभूतपूर्व भनिएको छ ।’ प्रदेश ७ बाट सुरु गरेको चुनावी अभियान पोखरा आएर अभूतपूर्व बनेको नेताहरुले बताएका छन् ।

काँग्रेस नेताहरुले जनसागरका हिसावले यो काँग्रेसका लागि ऐतिहासिक भएको पनि बताएका छन् । कैलाली, दाङ भन्दा पोखरामा थामिनसक्नु जनसागर उर्लियो । पोखराको जनलहर देखेर नेताहरु आश्चर्य चकित भएका छन् । काँग्रेसले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ मूल नारा दिई स्थानीय निर्वाचनको चुनावी अभियान पश्चिम महाकालीबाट सुरु गरी प्रदेश ४ सम्म ल्याएको हो ।

प्रदेश ४ ले गरेको वृहत आमसभामा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, संकर भण्डारी लगाएत नेताहरु सहभागि भएका छन् । काँग्रेसले रामचन्द्र पौडलको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेर  देशभर चुनावी लहर तीब्र बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ