arrow

च्याम्पियन्स लिग फुटबल: बायर्न म्युनिख र रियाल मड्रिड आमने सामने, लेवण्डोस्की घाईते

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
Real_madrid_Bayern_Munich.jpg

एजेन्सी। युईएफए युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टर फाईनलमा रियाल मड्रिड र बायर्न म्युनिख आमने सामने हुँदैछन्। म्युनिखको मैदानमा हुने क्वार्टरफाईनल खेलको पहिलो लेगमा दुवै टोली जितकालागि खेल्ने छन्। 

संभवत बायर्न आफ्ना अग्रपंक्तिका खेलाडी रोबर्ट लेवण्डोस्की बिना मैदानमा उत्रने छ। यो सिजनाको ४० खेलमा ३८ गोल गरेका लेवण्डोस्की बिना बायर्नलाई केही अफठ्यारो पर्ने निश्चित छ। त्यसैगरि रक्षापंक्तिका खेलाडी म्ायट ह्युमेल्स पनि चोटका कारण खेल्नै छैनन्। 

रियालकालागि रक्षापंक्तिका खेलाडी पेपे र रफायल वाराने खेल्ने छैनन्। रिायलका अग्रपंक्तिका खेलाडी रोनाल्डो, बेन्जेमा र बेल भने पुर्ण स्वस्थ रहेका छन्। 

स्पेानिश क्लब रियाल र जर्मन क्लब बायर्न  च्याम्पियन्स लिग फुटबलमा १६ पटक आमने सामने भएका छन्। बायर्नले ८ खेलमा बिजय हासिल गरेको छ भने रियाल ७ खेलमा बिजय भएको छ। एक खेल भने बराबरीमा टुंगिएको छ। 

बायर्न बिरुद्ध रियालको सबै भन्दा ठूलो जित बायर्नको मैदानमा ४-०को रहेको छ। रियालले सन् २०१३-१४को च्याम्पियन्स लिगको सेमिफाईनलको दोस्रो लेगमा बायर्न माथि ४-०को बिजय हासिल गरेको थियो। 

त्यसैगरि बायर्नले सन् १९९९-२०००मा समुह चरणको खेलमा रियाललाई ४-१ले पराजित गरेको थियो। यो जित नै बायर्नको रियाल बिरुद्धको सबैभन्दा फराकिलो जित हो। 

रियालले ११ पटक च्याम्पियन्स लिग जितेको छ भने बायर्नले पाँच पटक उपाधि आफ्नो नाममा पारेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ