arrow

पाँचथरमा उम्मेदवार आंकाक्षीबीच हानथाप

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ चैत ३१ बिहिबार
Panchthar_District.png

पाँचथर। सरकारले आगामी ०७४ वैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको मिती नजिकिँदै जाँदा पूर्वी पहाडि जिल्ला पाँचथरमा निर्वाचनको सरगर्मी पाँचथरमा बढ्दो छ। जिल्लामा अधिकांश दलहरु संगठन चलायमान बनाउन लागिपरेका छन्। मूख्य दलहरु मध्ये नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी वडा समिति निर्माण र उम्मेद्वार तय गर्न लागिपरेका छन्। निर्वाचन नजिकिएसँगै स्थानीय तहका सम्भावित उम्मेद्वारका विषयमा दलहरु भित्र गरमागरम बहस र छलफल चलिरहेको छ। नेताहरु पार्टीबाट उम्मेद्वारको टिकट पाउन पार्टी कमिटीदेखि शक्ति केन्द्रसम्म धाइरहेका छन्।

 

पाँचथरमा स्थानीय तहमध्ये सर्वा्धिक चर्चाको रहेको छ फिदिम नगरपालिका। आउँदो निर्वाचनका लागि २७ हजार १ सय ८१ मतदाता रहेको फिदिम नगरपालिकामा जिल्लाको कुल जनसंख्याको झण्डै १ चौथाई जनसंख्या रहेको छ। मतदाता मध्ये १३ हजार ९४३ पुरुष र १३ हजार २३८ महिला मतदाता छन्। यी मतदाताले फिदिममा १ मेयर, १ उपमेयर, १४ वडामा १४ वडाध्यक्ष र ५६ जना वडा सदस्य गरी ७२ जना जनप्रतिनिधि निर्वा्चित गर्नेछन्। साविकको फिदिम नगरपालिका, लुम्फाबुङ, नांगीन, रानीटार र लुङरुपा गाविस तथा याङनाम गाविसका १ देखि ५ सम्मका वडा समेटिएको फिदिम नगरपालिकाको मेयर पदमा दलहरुभित्र धेरै आकाङ्क्षीहरु देखिएका छन्। दलहरुलाई मेयर र उपमेयर छनौट गरेर उम्मेद्वारी घोषणा गर्न कठिन परिरहेको छन्।

नेपाली काँग्रेस

फिदिम नगरपालिकाको मेयर उम्मेद्वार बन्न नेपाली काँग्रेसभित्र ठूलै रस्साकस्सी चलिरहेको छ। काँग्रेसको तर्फबाट उम्मेद्वार बन्ने अधिक सम्भावना बोकेका नेता ओनाहाङ नेम्वाङ हुन्। पुराना र पाका नेता नेम्वाङ उम्मेद्वार छनौटमा सर्वसहमत हुने र निर्वाचनमा पार्टी पङ्तीबाट अन्तरघात नहुने काँग्रेस भित्र चर्चा छ। काँग्रेस महासमिति सदस्य नेम्वाङले मेयरको दावी नछोडेको अवस्थामा अन्य नेताहरुले आफ्नो दाबी छोड्नुपर्ने बाध्यता रहेको काँग्रेस नेताहरु बताउँछन्।

 

नेम्वाङपछि काँग्रेसबाट मेयरको उम्मेद्वार बन्ने सम्भावना बोकेका नेता मित्रप्रसाद काफ्ले हुन्। जिल्लामा लामो समयदेखि निजी र सामाजिक क्षेत्रको अगुवाई गरेका उनी पार्टीको कामभन्दा बढि सामाजिक सेवामा खटिएका छन् । काँग्रेस इतरका मतदाताबाट समेत समर्थन पाउने भएका कारण काफ्ले मेयर पदका बलिया दाबेदार बनेका हुन् । यद्यपी काफ्लेलाई पाँचथर उद्योग वाणिज्य संघको नेतृत्वमा जानबाट रोक्न लागिपरेका काँग्रेस नेताहरु उनलाई मेयरको उम्मेद्वार बन्नबाट रोक्ने दाउमा छन् ।


काँग्रेसबाट उम्मेद्वार बन्ने मूख्य दाबेदार नेम्वाङ र काफ्ले नै हुन्। उनीहरु पछि जिल्ला सचिव रुपनारायण जवेगू, महाधिवेशन प्रतिनिधि रामराज आङ्देम्बे, महाधिवेशन प्रतिनिधि अम्बिकाप्रसाद न्यौपाने मेयर पदका दाबेदारका रुपमा रहेका छन्। काँग्रेसले उम्मेद्वारको टुङगो लगाउने कार्यभार क्षेत्र, जिल्ला र केन्द्रमा बाँढेको छ र नगरपालिकाको उम्मेद्वार बनाउने जिम्मा सम्वन्धित जिल्ला समितिलाई तोकेको छ। काँग्रेस जिल्ला कार्यसमितिमा नेम्वाङ र काफ्ले मध्येबाटै उम्मेद्वार छान्ने पक्षमा बहुमत रहेको वताइन्छ । काँग्रेसबाट उपमेयर पदमा महाधिवेशन प्रतिनिधि मधु जवेगू र जिल्ला कार्यसमितिकी सदस्य उर्मिला प्रधानको चर्चा छ।

एमाले
फिदिम नगरपालिकाको मेयरको उम्मेद्वार छनौट गर्न एमालेलाई निकै कठिन हुने देखिएको छ। एमालेमा पुराना नेताहरुदेखि युवा नेताहरुसम्मले मेयर पदको उम्मेद्वार पाउनुपर्ने दाबी नछाड्ने देखिएपछि कसरी सहमतिमा उम्मेद्वार छनौट गर्ने भन्ने चुनौती आइपरेको छ। एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारी, नांगीन गाविसका पूर्वअध्यक्ष एवं पार्टीका पूर्व उपसचिव थुमनाथ चापागाँई, सचिवालय सदस्यद्वय गजाधर भट्टराई र महेन्द्रविक्रम थाम्सुहाङ तथा साविकको फिदिम नगर कमिटीका अध्यक्ष पृथ्वी लावती मेयरका दाबेदार हुन्। यी पाँचै नेताको आ–आफ्नै दाबी छ।


स्थानीय तहको निर्वाचनको मिति घोषणाअघि चर्चामा नरहेका अध्यक्ष राजकुमार भण्डारीको नाम सहमतिका लागि अन्य नेताहरुले ल्याएका थिए। नगरपालिकाको कार्यक्षेत्र र भूगोल ठूलो भएका कारण अध्यक्ष भण्डारीलाई नै मेयर पदमा उठाउने र जिताउने रणनीति एमाले भित्रका केही नेताहरुले लिएका छन्। भण्डारीले इच्छा देखाएको अवस्थामा अन्य नेताहरुले दाबी गर्न नसक्ने, पार्टी्भित्रबाट अन्तर्घात नहुने र जित हाँसिल हुने एमाले भित्र चर्चा छ।

यता पार्टी जिम्मेवारीबाट अलग भएका नेता थुमनाथ चापागाईलाई मेयरको उम्मेद्वार बनाउनुपर्ने दाबी पनि बलियो गरी उठिरहेको छ। चापागाईको स्वास्थ्य अवस्था र उमेरका कारण पार्टी जिम्मेवारी तथा केन्द्र र प्रदेशको सांसद्को उम्मेद्वार बन्ने सम्भावना न्यून रहेकाले उनलाई नगरपालिकाको मेयर बनाइनुपर्ने दाबी एमालेभित्र छ। युवा नेताहरु भट्टराई, थाम्सुहाङ र लावती तीनै जना पार्टीको काम निरन्तर क्रियाशिल, संगठक र युवा भएका कारण मेयरको उम्मेद्वार बनाइनुपर्ने चर्चा एमाले भित्र छ। अध्यक्ष भण्डारी र नेता चापागाई अन्यत्रै जिम्मेवारी दिएर युवाहरुबाट मेयरको उम्मेद्वार बनाउनसके पार्टीको जित निश्चित रहेको दाबी एमाले भित्र छ।


एमाले नगरको प्रमुख र उप्रमुख पदका उम्मेद्वारको टुङ्गो प्रदेश कमिटीले लगाउने छ। यसका लागि सम्बन्धित नगर कमिटी र जिल्ला कमिटीले सिफारिस गर्नुपर्ने मापदण्ड एमाले स्थायी समितिले बनाएको छ। एमालेमा बढि विवाद भएको खण्डमा अध्यक्ष भण्डारी नै उम्मेद्वार बन्ने सम्भावना बढि छ। एमालेबाट उपमेयरमा जिल्ला कमिटी सदस्यद्वय मुना नेम्वाङ र अञ्जु काम्बाङको नाम चर्चामा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ