arrow

सिपी मैनाली छाडेका राईले माओवादी केन्द्रसँग गरे पार्टी एकता

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
party_ekata_mao.jpg

काठमाडौं । सत्ताधारी माओवादी केन्द्र र सिपी मैनाली नेतृत्वको नेकपा मालेबाट अलग भएका टंकराईको नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकिकरण भएको छ । काठमाडौंमा एकिकरण घोषणा कार्यक्रम गरेर माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीले औपचारिक एकता गरेका हुन् । एकिकरण सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनलाई संस्थागत गरी मुलुकलाई समाजवादतर्फ उन्मुख गराउन पनि कम्युनिष्ट क्रान्तिकारीहरुबीच एकता हुनुपर्ने आवश्यकता औंल्याए ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन सफल बनाउने दायित्व कम्युनिष्ट क्रान्तिकारीहरुकै भएको बताए । दाहालले माओवादी आन्दोलन कमजोर हुँदा गणतन्त्र, संघीयता जस्ता उपलब्धलाई उल्टयाउने प्रयास भइरहेको जिकिर समेत गरे । प्रधानमन्त्री प्रचण्डले जनताको घरदैलोमा अधिकार पुग्ने गरी स्थानीय तहको निर्वाचन सम्पन्न हुन लागेको उल्लेख गर्दै त्यसलाई सफल बनाउन पनि कम्युनिष्ट क्रान्तिकारीहरुबीच एकता हुनै पर्नेमा जोड दिए ।

दाहालले आफू नेतृत्वको सरकारले छोटो समयमै उल्लेख्य प्रगति गरेको जिकिर  गरे भने स्थानीय तहको निर्वाचन घोषणा गर्नु, लोडसेडिङ अन्त्य गर्दै लैजानु, आर्थिक वृद्धिदर सकारात्मक देखिनु, भारत–चीनबीचको सम्बन्ध सन्तुलित बनाउन आफू नेतृत्वको सरकारको उपलब्धि भएको पनि स्मरण गराए ।
सिपी मैनाली नेतृत्वको मालेबाट अलग भई नेपाल कम्युनिष्ट पार्टी खोलेका राईले माओवादी केन्द्र कमजोर हुँदा मुलुकको राष्ट्रियता कमजोर भएकाले पार्टी एकता गरिएको बताए । माओवादी केन्द्रकै एजेन्डा अनुसार मुलुकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्न पनि पार्टी एकता गरिएको उल्लेख गरे । माओवादी केन्द्रमा समाहित राईलाई माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्यको जिम्मेवारी दिने सहमति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ