arrow

सप्तरीका पत्रकारले गरे महासंघको केन्द्रीय कार्यालयमा तालावन्दी, गेटमै बसे धर्ना

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
saptari-district.png

काठमाडौं। नेपाल पत्रकार महासंघ सप्तरी शाखाले विहिबार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। सप्तरीमा भएको विवादमा केन्द्रले कुनै चासो नदेखाएको भन्दै सप्तरीका पत्रकारहरुले काठमाडौं आएर तालाबन्दी गरेका हुन्।

तालाबन्दी पछि ४ बुँदे माग राख्दै  उनीहरु महासंघको कार्यलयमा अनिस्चितकालिन धर्नामा बसेका छन् ।
उनीहरुले विधान सम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नु पर्ने, प्रकृया पुरा गरेका सवै सदस्यहरुको नवीकरण गरिनुपर्ने, विवाद समाधान गरी अविलम्व शाखा सप्तरीको अधिवेशन गराउनु पर्ने र निरंकुस तरिकाले बन्द गरिएको सप्तरी शाखाका बैंक खाताहरु फूकुवा गर्नु पर्ने माग राख्दै धर्नामा बसेका छन्।

महासंघका जिल्ला अध्यक्ष श्रवणकुमार देव नेतृत्वमा महासंघका पधादिकारी सहित प्रेस युनियन, प्रेस सेन्टर र संघीय प्रेस फोरमका पधादिकारीहरु धर्नामा बसेका हुन् । महासंघ सप्तरीका सहसचिव सुधा देव, कोषाध्यक्ष मनोज माझी, कार्यसमिती सदस्यहरु क्रमस भुषण कुमार सिंह,  चन्दन यादव , बृजमान तामाङ ,राजकुमार पासवान, सल्लाहकार जितेन्द्र खड्का र केन्दीय पार्षद बैजनाथ यादव धर्नामा बसेका छन् ।
यस्तै, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेस कुमार झा, जिल्ला अध्यक्ष रामनारायण विश्वास, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष देवराम यादव,  जिल्ला अध्यक्ष गोपाल गुप्ता पनि धर्नामा छन्।

संघीय प्रेस फोरम सप्तरीका जिल्ला सचिव जितेन्द्रकुमार झा र कोषाध्यक्ष धर्मपाल राउत, महासंघ सप्तरीका साधारण सदस्य माला कर्ण र कृष्ण कुमार मण्डल समेत धर्नामा छन्। धर्नास्थलमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो समेत पुगे । महासंको केन्द्रीय समितिले सप्तरीको कार्यसमितीमा देखिएको विवादलाई मध्यनजर गर्दै फाल्गुन ७ गते जिल्लाको अधिवेशन स्थगित गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ