arrow

तोकिएको समयमा निर्वाचन हुँदैन भन्नु सत्ता समीकरण भत्काउने षड्यन्त्र : सिटौला

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
krishna-sitaula-congress.jpeg

काठमाडौं । काँग्रेस नेता कृष्ण सिटौलाले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् । हाम्राकुरासँग सिटौलाले पछिल्लो समय तोकिएको समयमा निर्वाचन नहुने भनि सुरु भएको चर्चा अहिलेको सत्ता समीकरण भत्काउने षड्यन्त्र हो, भने ।

नेता सिटौलाले यस प्रकारको बहसले संविधानलाई निरर्थक बनाउनेतर्फ समेत सचेत गराए ।  नेपाली काँग्रेसकै केही नेताहरुले एक चरणमा निर्वाचन हुन सक्दैन भन्ने मनस्थिति बनाएका बेला सिटौलाले यस्तो भनेका हुन् ।

सिटौलाले भने, ‘यसले संक्रमणकाल अझ लम्बिन्छ । प्राप्त उपलब्धिहरु माइनस हुन्छ । त्यसबाट सबैभन्दा ठूलो घाटा काँग्रेसलाई नै हुन्छ ।’ सिटौलाले काँग्रेस  अहिलेको सत्ता समीकरण टुटाउने षड्यन्त्रको सिकार हुन नहुने तर्क समेत गरेका छन् ।

उनले थपे, ‘अहिलेको सत्ता समीकरणलाई जोगाएर चुनाव गराउने पक्षमा काँग्रेस गम्भीतापूर्वक लाग्नु पर्छ ।’ यस्तै, नेता सिटौलाले चुनाव गराउनुमा मन्त्रिपरिषद्मा काँग्रेसबाट नेतृत्व गरिरहेका गृहमन्त्री विमलेन्द्र निधिको भूमिका महत्वपूर्ण हुने बताए ।

यस्तै, मधेसी मोर्चाले निर्वाचन बहिस्कार गर्ने भनिरहेका बेला सत्तामै रहेका दलहरुनै बहकाउमा लाग्न नहुने सिटौलाको तर्क छ । सबै दललाई मिलाएर लैजाने वातावरण बनाउन काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नु पर्ने र प्रतिपक्षीले पनि सहयोग गर्नुपर्नेमा सिटौलाले जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ