- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रास्कोट । नयाँ वर्षकै दिन कालिकोटको रास्कोट नगरपालिकाका एमालेका जल्दाबल्दा युवा नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नयाँ वर्षको शुभकामनासहित युवा संघको सचिव तथा एमाले पार्टी परित्याग गरी अनिपाल बम नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले बमलाई पार्टी प्रवेश गराएका हुन् ।
योसंगै रास्कोटमा एमालेको पकडमात्र कमजोर भएको छैन अन्य युवाहरुलाई समेत छट्पटी भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सहसचिव दमन शाहीले बमलाई पार्टीमा स्वागत गर्दै नववर्षको शुभकामनासमेत व्यक्त गरेका छन् ।