arrow

सरकारका पूर्व सचिव किशोर थापा काठमाडौं महानगरको मेयरमा उठ्दै

साझा पार्टीको स्वतन्त्र उम्मेद्वार

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
kishor_thapa.jpg

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीमा आवद्ध पूर्वसचिव किशोर थापाले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

साझा पार्टीको केन्द्रीय संयोजन समिति सदस्य र नेपाल सरकारको पूर्व सचिव रहेका थापा बागमती सफाइ अभियानका अभियन्ता पनि हुन् । प्रशासनिक क्षेत्रमा लामो अनुभव भएका थापा सहरी विकास मन्त्री हुँदा बागमती सफाइ अभियानका कारण चर्चामा थिए ।

निर्वाचन आयोगमा दल दर्ता नभएकाले साझा पार्टीले स्थानीय तहको चुनावमा थापालाई दलगत रुपमा उम्मेद्वार बनाउन पाउने छैन । थापा स्वतन्त्र उम्मेदवारका रुपमा मेयरमा उठ्ने छन् । साझा पार्टीले एक विज्ञप्ति जारी गरी थापा काठमाडौं महानगरको मेयरमा उठ्न लागेको जानकारी दिएको हो ।
 

किशोर थापा को हुन् ?
काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थापा आर्किटेक्ट इन्जिनियर हुन् ।  थापाले शहरी विकास, शिक्षा र पर्यटन तथा नागरिक उड्डयन जस्ता महत्वपूर्ण मन्त्रालयहरूमा सचिवको जिम्मेवारी सम्हाले । योजना निर्माण र कार्यान्वयनका हकमा निकै अनुभवि मानिन्छन् । थापाले शहरी योजनामा स्नातकोत्तर गरेका छन् भने, आवास नीतिका विज्ञ हुन् ।

काठमाडौंको सडक विस्तार गर्ने तथा दशकौंदेखि अवरूद्ध रहेको मेलम्ची खानेपानी आयोजनालाई तीव्रता दिने, नेपालको २० वर्षे ऊर्जा विकास योजना तथा बाहिरी चक्रपथलगायत आयोजनाको नेतृत्व गर्ने कार्यमा थापा सक्रिय रहे । सहरी विकासमा हुँदा बागमती सफाइ अभियानमा जोडिएका थापा अवकास पाएपछि पनि सक्रिय भए । थापा २०३१ सालको एसएलसी बोर्ड टपर हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ