arrow

कमल थापाले भने–मधेसी मोर्चा नअाए पनि एकै चरणमा वैशाख ३१ मै चुनाव हुन्छ

‘जिल्लामा जुनसुकै दलसँग पनि चुनावी तालमेल हुन सक्छ’

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
kamal-thapa-new.jpeg

काठमाडौं । उपप्रधान् एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मधेशी मोर्चाले निर्वाचनमा भाग नलिएपनि वैशाख ३१ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गरिने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री थापाले भने,‘मोर्चाको माँग सम्बोधन गर्नको लागि हामीले उनीहरुसँगको सहमतिमा संशोधन प्रस्ताव दर्ता गरायौं, तर उनीहरुले त्यसलाई अस्विकार गरेर गम्भीर भूल गरेका छन्  । अझैपनि मोर्चाले पनि आफ्नो निर्णय पूर्नविचार गनुपर्छ, हाम्रो आग्रह यही हो ।’

मन्त्री थापाले शुक्रबार विहान मात्रै सत्तारुढ प्रमुख तीन घटकबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको बताए । बैठकबारे जानकारी दिदै मन्त्री थापाले भने, ‘मोर्चालाई पनि चुनावमासँगै लिएर जान अन्तिम समयसम्म पनि पहल गर्ने र यसको लागि वार्ता र सम्वादलाई कायम राख्ने निर्णय भएको छ ।’

राप्रपा अध्यक्ष समेत रहेका मन्त्री थापाले थपे, ‘मोर्चासँग अन्तिम समयसम्म पनि सहमतिको प्रयत्न रहन्छ, तर उहाँहरु नआएपनि निर्वाचन कुनै पनि पनि हालतमा रोक्दैनौं, यसबारेमा काँग्रेस, माओवादी केन्द्र र राप्रपाबीच सहमति भएको छ ।’ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाबाट आफू उपस्थित् रहेको थापाले जानकारी दिए ।  

थापाले चुनाव प्रजातन्त्रको आत्मा भएकोले वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा उत्साहजनक रुपमा सहभागि हुन सबैलाई आग्रह गरे । उनले चुनावमा सबैको सहभागिता होस् भनेर नै वर्तमान सरकारले अथाह प्रयास गरिरहेको जिकिर गरे ।

आन्दोलनरत मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागि गराउने उद्देश्यले नै मोर्चाको सहमतिमा नयाँ संशोधन विद्येयक सरकारले ल्याएको जिकिर गर्दै थापाले भने, ‘सरकारले मोर्चासँगको सहमतिमा नै नयाँ संशोधन विद्येयक ल्याएको हो, उहाँहरुसँग ५ बुँदे सहमति भएको हो, त्यही आधारमा हामीले विद्येयक अघि बढाएका थियौं, तर उहाँहरुले विद्येयक अस्विकार गर्ने निर्णय गर्नुभयो, मोर्चाको निर्णय अप्रत्यासित र अनपेक्षित छ ।’

मन्त्री थापाले मोर्चाका नेताहरुसँग आफू पनि वार्ता तथा छलफलमा संलग्न रहेको खुलासा गरे । उनले भने,‘लामो समयसम्मको वार्ता र सहमतिको आधारमा सरकारले नयाँ विद्येयक प्रस्तुत गरेको हो, मोर्चाका नेताहरुसँग ५ सुत्रीय भद्र सहमति भएको हो, पूरानो विद्येयकबाट सीमांकनबाहेक भाषा, नागरिकता र राष्ट्रिय सभाको प्रतिनिधित्वलाई नयाँमा राख्ने, सीमांकनलाई संघीय आयोग गठन गरेर जाने, संविधानको धारा २७४ परिमार्जन गर्ने, जनसंख्याको आधारमा स्थानीय तहको संख्या वृद्धि गर्ने सहमति भएको हो ।’

मन्त्री थापाले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकमा मोर्चाले सहमति जनाएको भए प्रस्ताव दुई तिहाईले पारित गराउने आधार सरकारसँग रहेको पनि बताए । उनले अहिलेपनि सरकार र आफ्नो पार्टीको तर्फबाट मोर्चालाई उक्त विद्येयक अस्वीकार गर्ने निर्णयमा पूर्नविचार गर्न आग्रह गरे । उनले भने,‘मैले उहाँहरुसँग अहिलेपनि वार्ता तथा सम्वाद गरिरहेको छु, मलाई विश्वास छ, उहाँहरु फेरि वार्तामा आउनुहुनेछ, सहमतिमा आउनुहुन्छ ।’

मोर्चाले निर्वाचन वहिष्कार गर्नेजस्तो कडा निर्णय गर्न नहुने थियो भन्दै अहिलेपनि मोर्चाका नेताहरुसँग सम्पर्क तथा सम्वाद जारी गरेको मन्त्री थापको भनाई छ ।  उनले भने,‘हाम्रो विशेषता भनेको नै यही हो, हामीबीच जति जे–जे भएपनि वार्ता तथा सम्वाद जारी रहन्छ ।’

स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले तालमेल गर्ने बताउँदै थापाले भने,‘तालमेल हुन्छ, राप्रपाले चुनावलाई उच्च प्राथमिकता दिएको छ, हामीले चुनावको तयारी युद्धस्तरमा गरिसकेका छौं, उम्मेद्धवार छनौट अन्तिम चरणमा पुगेको छ, चुनावलाई लिएर एमाले, काँग्रेस र माओवादी केन्द्रसँग कुराकानी भैरहेको छ ।’

उनले चुनावलाई लिएर जिल्लामा जुन दलसँगपनि तालमेल हुन सक्ने स्पष्ट पारे । यद्यपि, मन्त्री थापाले चुनाव जित्ने तालमेल हुने तर सैद्धान्तिक तालमेल भने नहुने बताए । उनले पार्टीले तालमेलको लागि खुल्ला अधिकार प्रत्यायोजन गरेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ