arrow

डीपीएल क्रिकेट : पारसको टिम फेरि पनि पराजित, रुपन्देही शीर्षस्थानमा

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
DPL-cricket2.jpg

कैलाली । धनगढी प्रिमियर लिग डीपीएल ट्वेन्टी–२० क्रिकेटको दशौं खेलमा सीवाइसी अत्तरिया विजयी भएको छ । एसएसपी क्रिकेट ग्राउण्डमा भएको खेलमा अत्तरियाले टिम चौराहा धनगढीलाई ४० रनले हरायो । अत्तरियाले दिएको एक सय ४३ रनको चुनौती पछ्याउनेक्रममा धनगढीले ९ विकेटको क्षतिमा एक सय २ रनमात्र बनाउन सक्यो ।

३९ रन बनाउँदा ८ विकेट गुमाइसकेको धनगढीका लागि रामनरेश गिरीले २० बलमा ३९ तथा सौरभ खनालले ३१ बलमा अविजित २३ रन बनाए । एपेन्डिक्सको शल्यक्रियापछि डीपीएलबाट पुनरागमन गरेका राष्ट्रिय टिमका कप्तान पारस खड्का भने फर्मवहीन भए । अत्तरियासँगको भीडन्तमा पारस ‘डकआउट’ भए । मेहबुब आलम र सुरेन्द्र चन्दले ३–३ तथा विनोद लामाले २ विकेट लिए ।

पहिले गरेको अत्तरियाले ४ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो । रोशन नेपालीले ४४ बलमा ३२ तथा योगेन्द्रसिंह कार्कीले ११ बलमा अविजित रहँदै २७ रन जोडे । त्यस्तै, पाँचौं विकेटका लागि योगेन्द्रसँग अविजित ४७ रनको साझेदारी गर्नेक्रममा करण केसीले १२ बलमा २५ रन बनाए ।

अलराउण्ड प्रदर्शन गर्ने क्रममा सौरभ खनालले २ विकेट लिएपनि हार टरेन । लिगमा लगातार तीन खेल जितेको रुपन्देही ६ अंक सहित लिगको शीर्ष स्थानमा रहँदा चार खेलमा दुई खेल हारेको काठमाडौं गोल्डेन्स ४ अंक सहित दोस्रो स्थनमा छ । समान ४ अंक रहेको सीवाइसी अत्तरिया तेस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ