arrow

तीन सय फिट अग्लो फोहरको पहाड धसिदा १६ को मृत्यु

नयाँ सालको उत्सव मनाइरहेकै बेला हताहती

logo
प्रकाशित २०७४ वैशाख २ शनिबार
news_srilanka.JPG

एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोको उपनगर कोलोन्नवामा फोहरको पहाड धसिदा मानवीय क्षति भएको छ । साथै सो पहाडमा आगलागी भएपछि चार बालबालिका सहित १६ जनाको मृत्यु भएको छ ।

तीन सय फिट अग्लो फोहरको पहाड धसिदापछि त्यसमा आगो लागेको बताइएको छ । फोहरको पहिरो खसेर नजिकैको बस्तीका ४० घर ध्वस्त भएका छन् ।  

विपद व्यवस्थापन केन्द्रका अनुसार मीथोतमुल्ला क्षेत्रमा भएको घटनापछि सेना, प्रहरी र विशेष कार्यदलका सदस्यहरु राहत र उद्धारमा खटिएका छन् । तमिल र सिंहला समुदायका व्यक्तिहरु परिवारसाथ नयाँ सालको उत्सव मनाइरहेकै बेला यो हताहती भएको स्थानीय संचारमाध्यमले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ