arrow

हवाई टिकट लिई निर्वाचनमा खटिनेलाई पहिलो प्राथमिकता

logo
प्रकाशित २०७४ वैशाख २ शनिबार
Gopmainalielectioncommition.jpeg

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका क्रममा खटिने कर्मचारीलाई जानआउनका लागि पहिलो प्राथमिकतामा राखेर हवाई टिकट उपलब्ध गराउन निर्देशन दिएको छ ।

निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका अधिकारीहरुसँग छलफल गरी यस्तो निर्देशन दिएको हो ।

आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र अन्य कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर हवाई टिकट प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी दिए ।

यसैगरी आयोगले हवाई सेवामा निर्वाचनसँग सम्बन्धित सामग्री समयमै पुर्‍याउनुपर्ने भएकाले सोहीअनुसारको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ । आयोगले पहाडी तथा हिमाली क्षेत्रमा उडानका लागि नियमित र विशेष उडान गर्नुपर्ने भएमा समेत विशेष व्यवस्था गर्न निर्देशन दिएको छ ।

निर्वाचन अवधिभरिका लागि विमानस्थलहरूमा निर्वाचन हेर्ने गरी सम्पर्क अधिकारी (फोकल पर्सन) तोक्न र समग्रमा गतिविधिको अनुगमन गर्न नागरिक उड्डयन मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिएको जानकारी आयोगले दिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ