arrow

दक्षिण अमेरिकी मुलुक पढ्न जान नेपाली विद्यार्थीलाई प्रतिबन्ध

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
student-degree.jpeg

काठमाडौं । शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ ।

त्यहाँका मुलुकमा विद्यार्थीहरु अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले चिली लगायत दक्षिण अमेरिकी मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ नदिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा हरिहर प्रसाद लम्सालले बताए ।

उच्च शिक्षा अध्ययनका लागि गत वर्ष अध्ययन भिसामा चिली गएका ४२ जना विद्यार्थी अलपत्र परेका थिए ।

अध्ययनको बहानामा रोजगारी तथा अन्य उद्देश्यले चिलीसहित ब्राजिल लगायत मुलुकमा गएर समस्यामा पर्ने गरेको शिक्षा र परराष्ट्र मन्त्रालयले गरेको अध्ययनमा पाइएको थियो । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ