arrow

पोखरामा गुम्सिएर ४ को ज्यान गयो, ढोकाबाट उम्कन खोज्दा पनि बालक बचेनन्

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
Kaski.jpg.jpeg
पोखरा । यहाँको चाउथेस्थित प्रगति टोलको एक घरमा आगलागी हुँदा निसासिएर चार जनाको मृत्यु भएको छ । मंगलबार राति सुतिरहेको बेला घरको फ्ल्याटमा आगो लाग्दा धुँवामा गुम्सिएर ४ जनाको ज्यान गएको हो । आगलागी भएको फ्ल्याटदेखि तल्लो फ्ल्याटका परिवार भने सबै सकुसल छन् । 

मृत्यु हुनेमा ३६ वषिर्या सिता रानामगर, उनका १२ वषिर्य छोरा हेमन्त राना, ७५ वषिर्या आमा गंगाकुमारी थाला मगर र सिताकी दिदीकी छोरी वसन्ती राना छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सिताका श्रीमान बैदेशिक रोजगारीका शिलशिलामा इजरायल छन् ।

आगलागी राती भएकाले स्थानीयले केही थाहा पाउन सकेका थिएनन् । तर बिहान हुँदा उक्त फ्ल्याटका कोही पनि नउठेपछि स्थानीयले फ्ल्याटको झ्याल र सिसाहरुमा कालो धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । परिवारका तीन महिलाको शव प्रहरीले ओछ्यानमै भेटेको थियो भने बालकको चाहिँ ढोकामा भेटेको थियो ।

प्रहरीले बालकको ज्यान जोगाउन बाहिर निस्कँदा ढोकामै मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन् । के कारणले कोठामा आगलागी भयो भन्ने कुरा अझै पनि खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमै डाक्टर लगेर शवहरुको पोष्टमार्टम गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ