arrow

आइपीएल क्रिकेटमा दिल्लीले देखायो दम, पंजाब कम

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
delhi-ipl.jpg

दिल्ली । भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । दिल्लीले किंगस ११ पंजाबलाई ५१ रनले हरायो ।

शनिबार राति भएको खेलमा दिल्लीले आकर्षक ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा १८८ रन बनायो । साम बिलिंगसले ५५ रन बनाए ।

कोरी एन्डरसनले २२ बलमा नटआउट ३९ रन बनाए । प्रतिउत्तरमा पंजाबले ९ विकेटको नोक्सानीमा १३७ रन बनायो ।

अक्षर पटेलले २९ बलमा ४४ रन बनाए पनि त्यसले भने टिमलाई जिताउन पर्याप्त भएन । क्रिस मोरिसले ३ विकेट लिए । 
आइतबार दुई खेल हुँदैछन् । ४ः१५ बजे मुम्बई इन्डियन्स र गुजरात लायन्स भिड्दै छन् ।

त्यस्तै राति ८ः१५ बजे रोयल च्यालेन्जर्स बैंगलोर र राइजिङ पुने सुपर जाइन्टस भिड्दै छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ