arrow

डीपीएल क्रिकेटः रुपन्देही र विराटनगर मैदानमा, विराटनगर १३३ रनको चुनौती पछ्याउँदै

अन्तिम थापाको जस्तो नाम त्यस्तै काम 

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
DPL_Antim_Thapa_cricket.jpg

धनगढी । धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग टी–२० डीपीएल क्रिकेटमा एकमात्र अपराजित टिम रुपन्देही च्यालेन्जर्सले दोस्रो स्थानमा रहेको विराटनगर किंगसलाई १३३ रनको चुनौती दिएको छ । 
खेलमा पहिले ब्याटिङ गरेको रुपन्देहीले ८ विकेटको क्षतिमा १३२ रन बनायो ।

 रुपन्देहीले ५४ रन जोड्दा ५ विकेट गुमाए पनि त्यसपछि भने केही सुधारोन्मुख प्रदर्शनसहित सम्मानजनक योगफल तयार गर्यो ।

रुपन्देहीका अन्तिम थापाले नामजस्तै अन्तिम बलमा आउट हुनुपूर्व ४५ रन जोडे । अन्तिमले १ छक्का र ५ चौकाको मद्धतले ४२ बलमा उक्त योगफल बनाएका हुन् । 

कृष्ण कार्कीले १६ बलमा २२ तथा पुष्प थापाले १४ बलमा १७ रन बनाए । दिपेन्द्र सिंह ऐरी र सुशील कर्णेलले २–२ विकेट लिए ।
यसअघि सुरुवातमै आउने र आउट हुने गरेका कप्तान शक्ति गौचन भने यो खेलमा नवौं नम्बरमा आएर १ रनमा नटआउट रहे । 

रुपन्देही ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । विराटनगर ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ