arrow

उपराष्ट्रपतिले गरे विश्व पर्वतारोही संजय पण्डितलाई सम्मान

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
sanjaya-pandit-vp-nanda-bahadur-pun.jpg

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा, किलर माउन्टेनको रुपमा परिचित मनास्लु सहित संसारका ११ पर्वतको सफल आरोहण गरेका संजय पण्डित तथा १० पटक विश्वको सगरमाथा आरोहण गर्न सफल अमेरिकी चर्चित आरोही भर्न तेजासलाई आइतवार उपराष्ट्रपति नन्द बहादुर पुनले उपराष्ट्रपति निवासमा सम्मान गरेका छन् । 

गत जनवरीमा अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सेन मसिफ र अन्टार्टिकाकै अर्को चर्चित हिमाल रजम्यान पण्डितले सफल आरोहण गरेका थिए । यि दुवै हिमाल आरोहणका लागी  विश्व चर्चित सेभेन समिटर भर्न तेजासले गाइड गरेका थिए । पण्डितले आफुले अन्टार्टिकाको सर्वोच्च शिखरमा फरफराएको नेपालको राष्ट्रिय झण्डा र उपराष्ट्रपति अंकित फोटो उपराष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए भने उपराष्ट्रपति ज्यूले प्रमाण–पत्र र खादा पण्डितलाई प्रदान गरेका थिए । 

सम्मान कार्यक्रममा टानका वरिष्ट उपाध्यक्ष एवं सफल युवा नेपाली पर्यटन व्यावसाय टाँसी लाक्पा शेर्पाको पनि सहभागिता रहेको थियो । पण्डितले अष्ट्रेलियाको सर्वोच्च शिखर तथा अफ्रिकाको सर्वोच्च सिखर नेपाली दौरा सुरुवाल, भाद गाउँले टोपी लगाई आधार सिविरवाट शिखर सम्मको यात्रा तय गरेका थिए, भने युरोपको सर्वोच्च शिखरमा अर्धनंग्न ६ मिनेट ३ सेकेण्ड सम्म वस्न सफल भएका थिए । 

कार्यक्रममा उपराष्ट्रपतिले संजय जस्ता देशका गहनालाई सरकारले उचित सहयोग गर्ने कुरामा आफु विश्वस्त रहेको बताए । संजयको अन्टार्टिका यात्रालाई उपराष्ट्रपतिले डिसेम्वर २०१६ मा नेपालको राष्ट्रिय झण्डा सहित विदाइ गरेका थिए । पण्डित नेपालका उल्टो हिडेर आरोहण गर्ने पहिलो विश्व पर्वतारोही हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ