arrow

शेखरले भने-एकै चरणमा निर्वाचन हुनुपर्छ, मोर्चालाई ल्याउनै पर्छ

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ वैशाख ३ आइतबार
sekhar-koirala-biratnagr-FN.jpg

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मधेसी मोर्चालाई सहमतिमा ल्याएर एकै चरणमा निर्वाचन गरिनुपर्ने बताएका छन् ।  

विराटनगरमा संचारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले हिमाल, पहाड सबैतिर निर्वाचनका माहोल बन्दै गएकाले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागि हुनेगरी वातवरण तयार गर्न सरकारसँग आग्रह गरे ।
नेता कोइरालाले मधेसी मोर्चालाई निर्वाचनमा सहभागि गराउने नेतृत्वदायी  भूमिका अब नेपाली काँग्रेसले खेल्नु पर्ने उल्लेख गरे । काँग्रेस सबैभन्दा ठूलो पार्टी भएकाले सहमति कायम गर्ने दायित्वपनि काँग्रेसको रहेको नेता कोइरालाले बताए ।

पछिल्लो चरणमा सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले स्वीकार नगरिरहेको अवस्थामा अब काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेर सहमति कायम गर्नुपर्ने कोइरालाको भनाई छ ।  
कोइरालाले दुई नम्बर प्रदेशलाई थाती राखेर निर्वाचन गरिए मुलुकमा भयावह स्थिति सृजना हुन सक्ने बताए । सीमाकङ्कको विषयलाई शक्तिशाली आयोग बनाएर टुंग्याउने गरी मोर्चासँग सहमति कायम गरेर निर्वाचनमा सहभागि हुने वतावरण बनाउनुपर्ने नेता कोइरालाको धारणा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ