arrow

नेपाल र चीनका सेनाबीच संयुक्त सैन्य तालिम, के छ निशानामा ?

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
army-nepal-china.jpg

काठमाडौं । नेपाली सेना र चीनको जनमुक्ति सेनाको बिशेष फौजहरुबीच पहिलो पटक संयुक्त सैन्य अभ्यास शुरु भएको छ ।  सगरमाथा फ्रेण्डसिप नाम दिइएको संयुक्त अभ्यास महाराजगञ्जस्थित सैनिक व्यारेकमा व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी विनोद कुमार श्रेष्ठले विशेष कार्यक्रमको बिच शुभारम्भ गरेका थिए ।  

संयुक्त सैन्य तालिमको शुभारम्भ गर्दै उपरथी श्रेष्ठले नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बिच प्रथम पटक सञ्चालन हुन गईरहेको संयुक्त सैन्य तालिमले दुबै देशका सेनाको व्यवसायिकता अभिबृद्धि हुनुको साथै मित्रवत सम्बन्धमा नयाँ आयाम थपिने बिश्वास व्यक्त गरे । 

कार्यक्रममा चिनियाँ जनमुक्ति सेनाका तर्फबाट कर्णेल YANG Shumengले नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बिचको महत्वपूर्ण पारस्परिक ऐतिहासिक सम्बन्धबारे उल्लेख गर्नु हुँदै यस प्रकारको संयुक्त सैन्य तालिमबाट प्रतिआतंकबाद कारवाहीको क्षमतामा अभिबृद्धि हुने र दुई देशको आपसी सम्बन्ध अरु मजबुत हुने विश्वास व्यक्त गरे । 

नेपालले यस किसिमका संयुक्त सैन्य अभ्यास अन्य मित्र राष्ट्रका सेनासँग गरेपनि चिनियाँ सेनासँग भने पहिलो भएकोले पनि यसलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

कार्यक्रममा नेपाली सेनाका रथीहरु, नेपालका लागि चिनियाँ सैनिक सहचारी तथा दुवै देशबाट उक्त संयुक्त सैन्य तालिममा सहभागी शिक्षक तथा शिक्षार्थीहरुको उपस्थिती रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ